ठूलाखेत-ठूलाचौर-प्रेमवस्ती-भदौरे बाटो उद्घाटन

साइकल ट्रयाक विकासमा जोड

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
Thulachhaur rood progrem photo

हेमजा, २३ मङ्सिर।कास्कीको ठूलाखेत-ठूलाचौर-प्रेमवस्ती-भदौरे मोटरबाटोको उद्घाटन भएको छ।

बाटोको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सो बाटोलाई साइकल ट्रयाकका रुपमा विकास गरिनुपर्ने जनाउँदै ठूलाचौरको विकासका लागि आफू सधै तयार रहेको जनाए । अध्यक्ष कुँवरले ठूलाचौरमा ‘एक घर एक धारा’ सामुहिक कृषि फार्म संचालन तथा फलफूल खेतीमा गाउँपालिका सहयोग गर्न तयार रहेको स्पष्ट पारे । उनले सामुहिक हितका कार्यहरुमा जुट्न स्थानीयसँग आग्रहसमेत गरे ।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले सडकलाई त्यहाँका उत्पादन बजार ल्याउने माध्ययमका रुपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याए । उक्त सडकको उपयोगिता साइकल ट्रर्‍याकमै हुने बताए ।गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले विकासको मेरुदण्ड बाटो भएको भन्दै बाटोको स्तरोन्नतीसँगै गाउँलेको जीवनस्तरमा परिवर्तन आउनुपर्ने भनाई राखिन् ।

सो कार्यक्रममा वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारी, ४ का अध्यक्ष भरतबहादुर केसी, ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, पोखरा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुली, निर्माण समितिका सल्लाहकार डा. गिरीधारी दाहाल, प्राध्यापक कपिलमणि दाहाल, निर्माण समितिका पूर्व अध्यक्ष धर्मदत्त दाहाल, नेकपाका इन्चार्ज क. परिवर्तन, ठूलाचौर पोखरा विकास समाजका सचिव मनोहर दाहाल, विद्यार्थी नेता नवराज पौडेल, क्लवका अध्यक्ष विष्णुप्रसाद दाहाल, समाजसेवी महेन्द्रराज दाहाल, दिपकराज दाहाल, कलाकार जीवन दाहाल, आमा समूहकी प्रतिनिधी भगवती दाहाल समाजसेवी भानुभक्त दाहाल लगायतले आ-आफ्नो धारणा राख्दै बाटोको उपयोगिता र महत्वमाथि प्रकाश पारेका थिए ।

निर्माण समितिका अध्यक्ष सूर्य दाहालले सबै सरोकारवालाको सहयोगबाट नयाँ ट्रयाक खोलिएको भन्दै त्यसमा स्थानिय खेमराज दाहाल, भोजराज दाहाल, किशोर दाहाल, नारन दाहाल, दिपकराज दाहाल तथा बाबुराम दाहालको विशेष योगदान रहेको स्मरण गरे ।उनले सबै सहयोगी प्रति आभार समेत प्रकट गरेका छन ।

लोकदोहोरी कलाकार जीवन दाहाल, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, माया गुरुङ, प्रदिप त्रिपाठी लगायतले विभिन्न गीतहरु प्रस्तुत गरेको उक्त कार्यक्रमका बीच सहयोगी विभिन्न संघ संस्थाका प्रतिविधि तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

बाटो निर्माण भएसँगै त्यहाँका बासिन्दाले आफुहरु विरामी हुँदा उपचारका लागि सजिलै पोखरा र्झन सक्ने, स्थानीय उत्पादनले बजार पाउने, गाडी रिर्जर्व गरेर महङगो शुल्क तिरी गाउँ जाने आफूहरुको बाध्यता टर्ने तथा छोटो समयमै गाँउबाट पोखरा र्झन सक्ने विश्वास लिएका छन् ।

हल्लनचोकदेखि भदौरेसम्म २० किलोमिटर लम्बाईको सो सडक पोखरा बाग्लुङ राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने अपेक्षा पनि गरिएको छ । त्यसका साथै अन्नपूर्ण गाउँपालिकाको रिङरोडको अवधारणालाई पनि सहयोग गर्ने, पञ्चासेको पर्यटन एवं धार्मिक क्षेत्रमा टेवा पुग्ने, पञ्चासे क्षेत्रमा जानलाई पोखराबाट छिटो हुने विश्वास पनि गरिएको छ । जसबाट पोखरा २३ र २४ तथा अन्नपूर्ण गाउँपालिकाका  १, २, ३, ४ र ५ वडावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । निर्माण समितिका अध्यक्ष सूर्य दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी भानुभक्त दाहालले स्वागत तथा संचालन तुलसी दाहालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width