पोखरा, २३ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लैङ्गिक, जातिलगायतका कुनैपनि विभेद अन्त्यका लागि सामाजिक एकता अपरिहार्य रहेको बताएका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक दुर्इदिने अन्तक्रिर्यामा उनले विभेदले समाजलाई विकृत बनाइरहेको बताए । समाजमा महिला हिंसाका घटना बढिरहेको बताउँदै उहाँले हिंसाविरुद्धमा सशक्त बन्ने गरी सामाजिक सचेतना एवं सशक्तीकरण मूल कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।
संविधानले कुनै पनि विभेद स्वीकार नगरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले संविधानप्रदत्त हक तथा अधिकारको सवै वर्ग एवं समुदायले उपयोग गर्ने वातावरण तयार हुनुपर्ने औल्याए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सरकारले राष्ट्रियस्तरमा नै सञ्चालन गरेको बताउँदै सामाजिकरुपमा हुने कुनै पनि हिंसा सहृय नहुने बताए ।संविधानप्रदत्त हक अधिकारको उपयोगका साथै जारी हिंसात्मक गतिविधिको अन्त्यका लागि स्थानीय तहको प्रभावकारी भूमिका हुनेमा उनले जोड दिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९