‘विभेद अन्त्यका लागि एकता’

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५

पोखरा, २३ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लैङ्गिक, जातिलगायतका कुनैपनि विभेद अन्त्यका लागि सामाजिक एकता अपरिहार्य रहेको बताएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक दुर्इदिने अन्तक्रिर्यामा उनले  विभेदले समाजलाई विकृत बनाइरहेको बताए । समाजमा महिला हिंसाका घटना बढिरहेको बताउँदै उहाँले हिंसाविरुद्धमा सशक्त बन्ने गरी सामाजिक सचेतना एवं सशक्तीकरण मूल कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।

संविधानले कुनै पनि विभेद स्वीकार नगरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले संविधानप्रदत्त हक तथा अधिकारको सवै वर्ग एवं समुदायले उपयोग गर्ने वातावरण तयार हुनुपर्ने औल्याए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सरकारले राष्ट्रियस्तरमा नै सञ्चालन गरेको बताउँदै सामाजिकरुपमा हुने कुनै पनि हिंसा सहृय नहुने बताए ।संविधानप्रदत्त हक अधिकारको उपयोगका साथै जारी हिंसात्मक गतिविधिको अन्त्यका लागि स्थानीय तहको प्रभावकारी भूमिका हुनेमा उनले जोड दिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक