इक्यान शैक्षिक मेलाको तयारी अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५

पोखरा, २३ मङ्सिर। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा हुने ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ ।

यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा हुने मेलाका लागि आवश्यक प्राय तयारी सकिएको इक्यान कास्कीका सचिव तथा प्रचार-प्रसार संयोजक रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

मेलामा विद्यार्थी तथा अभिभाबकहरुको उत्साहजनक सहभागिता रहनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष भुवन क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले भने, ‘एकै थलोमा दर्जनभन्दा बढी देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेट्ने अवसर मेलामा मिल्नेछ ।’

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाइमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाइमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्र्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् ।

बैकिङ पार्टनरमा सिर्द्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक सहभागी भएका छन् । मेलाको होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ । ट्राभल पार्टनरमा यमवे टुर्स एण्ड ट्राभल्स रहेको उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले जानकारी दिए । मेलामा ७० वटा स्टल रहनेछन् ।

अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुनेछन् । सहभागी प्रतिनिधिलाई प्रत्यक्ष भेटेर विद्यार्थीले आफूलाई जान मन लागेको देश, त्यहाँका कलेज तथा विश्वविद्यालय, शैक्षिक भविष्य, सम्भावना र चुनौतिका विषयमा यथार्थ जानकारी लिन सक्ने कोषाध्यक्ष ओमप्रकाश गैरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width