पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले संस्कृत माध्यमिक विद्यालय, बगरमा आवासीयरुपमा रहेका ६० जना बटुकलाई एक छाक भोजन र स्टेशनरी वितरण गरेको छ ।
क्लबका डाइरेक्टर सुब्बा घिमिरेका छोरा समीर घिमिरेको १२ औं जन्मोत्सव सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक सचिव असफल गौतमले पछिल्लो समय जन्मदिन मनाउने नाममा अनावश्यक तडकभडकभन्दा समाजसेवामूलक कार्य गरेर मनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले पछिल्लो समय नेपाली शिक्षा प्रणालीमा संस्कृत र नैतिक शिक्षा अभावले देशमा अराजकता, हिंसाहत्या, बलात्कारजस्ता घटनाले प्रशय पाएकाले ती अराजकता अन्त्यका लागि संस्कृत विद्यालयले योगदान चिरस्मरणीय रहेको बताए ।
क्लबका डाइरेक्टर सुब्बा घिमिरेले क्लबमा आवद्ध भएपछि लायन्सको सेवा भावना आत्मसात गरेर छोराको जन्मदिनमा अनावश्यक खर्च व्यवस्थापन गरी विद्यार्थीसँग साक्षात्कार गर्न पाउँदा र त्यसले दिने आनन्द छुट्टै हुने बताए ।
क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाटले क्लबले सामाजिक कार्य गर्दैआएको बताउँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा पोखरा आवाज दैनिकका सम्पादक अनुपप्रकाश पौडेल, विद्यालयका शिक्षक गोविन्द अधिकारी, विष्णुप्रसाद भण्डारी, आरुचौर पोखरा सर्म्पर्क समाजका अध्यक्ष गोविन्द सापकोटा लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९