लेखनाथ फेब्रिकेटर्स एशोसियसनमा रानाभाट

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
lekhnath febracata 22

लेखनाथ, २३ मङ्सिर । लेखनाथ फेब्रीकेर्टस एशोसिएसनमा कुलबहादुर रानाभाट चयन भएका छन् ।

एशोसियसनको पहिलो अधिवेशनले आगामी कार्यकालका लागी रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मल पौडेल, सचिवमा राजेन्द्र लामिछाने, कोषाध्यक्षमा प्रेमबहादुर विक, सदस्यमा मनोज लामिछाने, सूर्यप्रकाश ढुंगाना, रामबहादुर विक, सूर्यबहादुर क्षेत्री र बेनबहादुर बि.क. छन् ।

गण्डकी प्रदेशका साँसद दीपक कोइरालाले अधिवेशनको उद्घाटन गर्दै ऐन कानून विपरीत कर उठाउनेलाई कारवाही हुने वताए । अन्तरप्रदेश व्यापारमा कर लगाउन नपाइने व्यवस्था ऐनमै उल्लेख भएको वताउँदै कोइरालाले ऐन विपरित कर उठाएको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे ।

साँसद कोइरालाले अहिले देशमा स्थिर सरकार रहेको र कतिपय कानून निर्माणकै क्रममा रहेकाले संविधानमा उल्लेख केही व्यवस्थाहरु कार्यन्वयनमा समस्या परेको वताए । उनले समग्र प्रदेशको विकासका लागि मोनो रेल, पर्यटनको विकासका लागि पूर्वाधार निर्माण र विभिन्न योजनाहरु ल्याइनेसमेत वताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न स्थानीय सरकार तयार रहेको वताए । उनले व्यवसायीहरुलाई विधि र प्रक्रिया पुर्‍याएर करको दायरमा आउन पनि आग्रह गरे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराल, पोखरा स्टिल फेब्रिकेशनका अध्यक्ष यामप्रसाद पौडेललगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष कुलबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष प्रेमबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य राजेन्द्र लामिछानेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width