लायन्स क्लबद्वारा विद्यार्थीलाई सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
Lions Club Maoutain View City

पोखरा, २३ मंङ्सिर । लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू-सिटीले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबले पोखरा महानगरपालिका वडा नं १६ हरिपाउस्थित हरिसिद्वि आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई न्यायो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीलाई स्वीटरलगायत टोपी, ट्राउजर, हाइनेक, मोजा, चप्पल, कापी, पेन्सिल, इरेजर, साबुन, मन्जन, ब्रस र झोला वितरण गरिएको थियो । कार्यक्रम जोन चियर पर्सन दिपक घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो ।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव तिमिल्सिना, प्रधानाध्यापक खडानन्द आचार्यलगायतले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटीका अध्यक्ष टिकाराम सुवेदी (माधव)को अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष बलराम आचार्यले स्वागत र सचिव माधव तिमिल्सिनाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…
  • डेढ घण्टा हिँडेर विद्यालय

    रासस मंसिर ३, २०७९
    पाल्पा । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ…
  • निर्वाचन तयारी : बार लगाउने, तारले छेक्ने

    धनबहादुर गुरुङ मंसिर ३, २०७९
    पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीका मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ ।…
  • नमुना मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारी

    आदर्श समाज सम्वाददाता मंसिर २, २०७९
    पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले…
  • मौन अवधिमा प्रचार गरे रु २५ हजार जरिवाना

    रासस मंसिर २, २०७९
    काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।…

hero news full width

Recent Posts

भर्खरै

trending post

ट्रेन्डिङ्ग