पोखरा, २२ मंसिर। बेगनासतालमा शनिबारदेखि श्रीमद्भागवत् विराट ज्ञानमहायज्ञ शुरु भएको छ ।
बेगनासलाई उत्कृष्ट गन्तव्य बनाउने तथा तालमा डुबेर ज्यान गुमाएको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पितृउद्दार धार्मिक कार्यअन्तर्गत राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजना र स्थानीय सामाजिक संघ-संस्थाको सहकार्यमा महायज्ञ गरिएको हो ।
महायज्ञ उद्घाटन गर्दै प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललेे देश विकासका लागि महायज्ञबाट सकारात्मक ज्ञान प्रवाह गर्दै विकासका पूर्वाधार खडा हुनेमा आफू विश्वस्त रहेको बताए ।
प्रदेश सांसद दीपक कोइरालाले बेगनासताललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन र फेवातालमा जस्तै बेगनासमा पनि पर्यटकीय गतिविधि बढाउन महायज्ञ फलदायी हुने विचार व्यक्त गरे ।
महायज्ञका प्रमुखवाचक भागवत्भास्कर कमलनयन गौतमले उद्देश्य प्राप्ति नहुञ्जेल आफू निरन्तर रुपमा लागिपरिरहने बताए । उनी पुण्य कामका लागि सबैको साथ र सहयोग रहनेमा विश्वस्त देखिए ।महायज्ञ मूलसंयोजक डिल्लीरमण तिवारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा इलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्राङ्गत बराल, वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, जिल्ला समन्वय समिति उपप्रमुख सावित्री भण्डारी, पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी, दानवीर गमबहादुर गुरुङ, बेगनास युवा क्लब अध्यक्ष राम रानाभाट, परोपकार महासंघ लेखनाथ संयोजक तीर्था बरुवाल, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लेखनाथ सामुदायिक लायन्स अस्पताल अध्यक्ष मे. रामप्रसाद गुरुङ, प्रचार प्रसार उपसमिति संयोजक मोती गिरी लगायतले महायज्ञ सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । महायज्ञ आयोजक समिति सचिव कृष्ण ढंुगानाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महासचिव धु्रवनाथ अधिकारीले गरेका थिए।
भागवत्भाष्कर कमलनयन गौतमको मुखराविन्दबाट संगीतमय शैलीमा हुने प्रवचन हुनेछ । महायज्ञबाट करिब ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ मूलसंयोजक डिल्लीरमण तिवारीले बताए ।
महायज्ञ उद्घाटन पूर्व स्थानीय आमा समूह, टोल विकास संस्था, युुवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा तालचोकदेखि यज्ञस्थल बेगनाससम्म मौलिक संस्कृति झल्कने गरी शोभायात्रा निकालिएको थियो। महायज्ञमा बेगनासकी इन्द्रमाया पाण्डेले तुलादान गरेकी छन् । सहनशील महिला विकास समूह, पोखरा-३० र ३१ ले ५ मुरी धान र २ मुरी चामल सहयोग गरे । तालमा विभिन्न कालखण्डमा डुबेर ज्यान गुमाएका मानिसको आत्माको चिरशान्तिको कामना गर्दै पितृउद्दार धार्मिक कार्यअन्तर्गत महायज्ञ शुरु गरिएको हो । महायज्ञ मंसिर २९ सम्म चल्नेछ । यस्तै, ताल वरपरका क्षेत्रमा विकासका पूर्वाधार निर्माण गरी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पनि आयोजकको लक्ष्य छ। महायज्ञको लागि बेगनासताल छेउमा पानीमाथि नै स्टेज निर्माण गरिएको छ। आयोजकका अनुसार अहिलेसम्म बेगनासतालमा दुर्घटना वा विभिन्न कारणले १ सय ८ जनाभन्दा बढीले अकालमा ज्यान गुमाएको तथ्यांक छ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०