फिष्टेल एकेडेमीमा रक्तदान

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५
fishtail photo_Fotor

पोखरा, २२ मंसिर।  पोखरा १७ पार्दीस्थित फिष्टेल एकेडेमीको रजत जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ। रक्तदानसँगै विद्यालयले रजत जयन्तीका कार्यक्रम शुभारम्भ गरेको छ।

रजत जयन्तीमा आयोजना गरिने अन्य कार्यक्रम क्रमशः तय गरिने विद्यालयले जनाएको छ।  विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले रजत जयन्तीसँगै विद्यालयले आफ्नो भूमिका थप फराकिलो बनाउने उल्लेख गरे।

‘अब विद्यालय परिपक्व बनेको छ,’ प्राचार्य रानाभाटले भने, ‘सबैको सहयोगले आजसम्म विद्यालयको यात्रा सुखद बनेको ठानेको छौं।

विद्यालयको प्राङ्गणमा आयोजित रक्तदानमा ७४ जनाले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता विद्यालयका प्राचार्य बुद्विमोहन पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए।

कार्यक्रममा सभापति पाण्डेले निजी विद्यालयमध्ये फिष्टेल अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित बनेको उल्लेख गरे। उनले रक्तदानजस्तो पवित्र कार्यबाट रजत जयन्ती शुभारम्भ गरेको भन्दै प्रशंसा गरे। त्यस अवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले पनि बोलेका थिए।

फिष्टेल एकेडेमी व्यवस्थापन समिति अध्यक्ष अञ्जु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम संयोजक भरत खड्काले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width