प्रथम शुक्लागण्डकी महोत्सव हुने

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५

खैरेनीटार, २२ मंसिर।  तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाइले सामाजिक, आर्थिक धार्मिक, सांस्कृतिक पहिचान सहित स्थानीय उद्योग, व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम शुक्लागण्डकी महोत्सव-२०७५ गर्ने भएको छ ।

शनिबार पत्रकार सम्मलनमा इकाइ अध्यक्ष राजु वाग्लेले पुस ९ देखि १८ गतेसम्म पञ्चमुनिदेव मावि परिसरमा महोत्सव हुने जानकारी दिए ।

उनका अनुसार महोत्सव मुख्य आकर्षणमा सांस्कृतिक झाँकी प्रदर्शनी, दगाम भुजीकोट भ्यू टावर अवलोकन, मिलेनियम ट्रेक यात्रा, धार्मिक एवम् ऐतिहासिकस्थल ढोरबाराही मन्दिर तीनखोलेदेवी मन्दिर च्यावनधाम शिवपञ्चायन मन्दिर दर्शन, रक गार्डेन, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, शुक्लागण्डकी आइडल र खुला दोहोरी गीत प्रतियोगिता हुनेछन् । महोत्सवमा विभिन्न २ सय वटा स्टलहरु रहने छन्।

कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी उपाध्यक्ष कृष्ण पण्डित, इकाइ समिति पूर्व अध्यक्ष हरिप्रसाद वाग्ले, डिलबहादुर श्रेष्ठ, महोत्सवका प्रवक्ता हरि खड्का, इकाइका जिल्ला प्रतिनिधि पूर्णकुमार श्रेष्ठ लगायतले महोत्सवलाई सबै संघसंस्था उद्योग, व्यापारी र आमनागरिकले सफल पार्न आग्रह गरे।

कार्यक्रम संचालन इकाइ सचिव मदन श्रेष्ठले गरेका थिए। महोत्सवमा करिब ३ लाख पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । पाँच करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको महोत्सवबाट ५ लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लायन्स आर्दश चौतारी द्वारा वृक्षारोपण

पार्टी नियमावली परिमार्जन आवश्यक : कोइराला

गायिका थापा सम्मानित

फेवा वेगनास चौतारीको वृक्षरोपण

फुसेर्खोला कोरिडोर सडक उद्घाटन

प्रमुख समाचार

रानीमहलको जग्गा व्यक्तिका नाममा

थप प्रमुख समाचार

राष्ट्रिय माविमा खानेपानी टंकी शिलन्यास

आरोहण व्यवस्थापनमा शून्य पोखरा