वषौर्देखि निरन्तर स्टल

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५
expo mela_Fotor

पोखरा, २२ मंसिर। पोखरा नयाँबजारमा आयोजित मेलामा केही यस्ता स्टल छन्, जसले वषौर्देखि नियमित सहभागिता जनाउँदैआएका छन् ।

हाल सफल एक्स्पो पोखराको नाममा मेला भए पनि महिला सीप विकास केन्द्र, पोखराले स्टल राख्न थालेको वर्षौ भयो।

यस्तै, कञ्चनपुरस्थित भद्र मेरिट काष्ठ उद्योगका मनिराज भट्ट २०६१ सालदेखि नियमित छन् । ‘म २०६१ सालदेखि यस मेलामा आएको छु, ’ उनले भने, ‘मेरो सहभागिता मेलाजस्तै निरन्तर छ।’

केही समय विदेशी भूमिमा पसिना बगाएका उनले स्वदेशमै केही गरौँ भन्ने ठानेर आफ्नै क्षेत्रमा उपलब्ध औषधीय गुण विजयसाल काठका विभिन्न भाँडाकुँडा बनाउन सिके । र, लागे बिक्री प्रवर्द्धनमा । विजयसालकै काठका भाँडा लिएर उनी चीनसम्म पुगेका छन् । पोखरामा हुने मेला भने उनलाई विशेष लाग्ने गर्छ । उनको स्टलमा ग्राहकको बढ्दो आकर्षण घटेको छैन । विजयसालको पूर्ण बिरुवा हुर्किनमात्रै ४० वर्षसम्म लाग्छ । जसको काठमा पानी राखेर सेवन गर्दा पेट र पिसाबसम्बन्धी जस्तोसुकै रोग निको हुने भट्टको दाबी छ । विकट जुम्ला जन्मेकी महिला उद्यमी रामकली खड्का समयक्रममा पोखराको रैथाने बनिन्। जागिरे जीवनमै सिकेको उद्यमशीलता अरु महिलालाई पनि सिकाउने हुट्हुटीले उनलाई उद्यमी मात्र बनाएन, अरु महिलालाई पनि आत्मनिर्भरता सिकायो। उनकै पहलमा स्थापित महिला सीप विकास केन्द्रले महिलालाई तालिम दियो, चुलोचौकाबाट बचेको समय तान चलाउन र झोला अनि गुडिया बनाउन सिकायो।

‘हामीले यो काम शुरु गर्दा प्रचारको जरुरी थियो, ’ रामकलीले सम्झिन्, ‘त्यो समयमा हाम्रा सामानको प्रचार गर्न यो मेलाले ठूलो सहयोग गर्‍यो।’ अहिले महिला सीप विकास केन्द्रका उत्पादन संसारभर बिक्छन् । ‘हामीले प्रदर्शनीमा सामान राख्दा विदेश निर्यात हुने सामानको फिनिसिङ कस्तो हुनुपर्छ, मार्केटिक कसरी गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ, ’ उनले खुलाइन् ।

आयोजक पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष -उद्योग) एवं स्टल व्यवस्थापन संयोजक विन्दु कोइराला सुवेदीका अनुसार मेलामा वषौर्देखि सहभागिता जनाउनेको संख्या ठूलो रहेको छ। उनले भनिन्, ‘यसपालि नाम बदलिए पनि मेलाप्रति देखिएको आकर्षण सन्तोषजनक रह्यो ।’

एक्स्पोका प्रचारप्रसार समितिका संयोजक एवंं संघ महासचिव अर्जुन पोखरेलका अनुसार व्यवसाय प्रवर्द्धन तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउने उदेश्यमा एक्सपो सफल भएको दाबी गरे। गत मंसिर १३ देखि जारी मेलामा करिब ३ सय प्रदर्शनी कक्ष राखिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width