शीतलादेवी मन्दिर अध्यक्षमा आचार्य

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५

पोखरा, २२ मंसिर। शीतलादेवी मन्दिर सेवा समितिको शनिबार सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा भुवन आचार्य सर्वसम्मत चयन छन्।

संस्थाका उपाध्यक्षमा वीरबहादुर थापा, सचिव बिष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष शिवबहादुर कार्की र सहसचिव प्रदीप घिमिरे चयन भए ।

सदस्यमा हरिकुमार राजभण्डारी, सीता शर्मा, कल्पना कार्की, पूर्ण गुरुङ, सुशीला श्रेष्ठ र  इन्द्रकुमारी गुरुङ छन् ।

प्रमुख अतिथि गणेश तथा भद्रकाली मन्दिर सेवा समिति अध्यक्ष टीकाबहादुर कार्कीले मन्दिर विकासको लागि सबै सरोकारवाला सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

संस्थाका कावा अध्यक्ष रामबहादुर कार्कीका अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विष्णुकुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार मायादेवी तझ्या, मीन गुरुङ, शिवबहादुर कार्की लगायतले मन्नव्य राखेका थिए।

निर्वाचन संयोजक नरेशबहादुर कार्की रहेको निर्वाचन समिति सदस्यमा ऋषि लामिछाने र मायादेवी तझ्या थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

चिप्लेढुंगा स्थित मानवअधिकार चोक नजिकै बम भेटियो

प्रजातन्त्र सेनानी सुवेदीको नागरिक अभिनन्दन

एनएमबी बैंकको ‘एक घर एक खाता’

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की