कैलाशको धरान र जितपुरमा शाखा विस्तार

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५

पोखरा, २२ मंसिर । कैलाश विकास बंैक लिमिटेडले सुनसरीको धरान र कपिलवस्तुका ४ नम्बर जितपुरमा शाखा विस्तार गरेको छ ।

धरान शाखाको शुभारम्भ प्रदेश १ का अर्थिक मामला तथा योजना मत्री इन्द्रबहादुर आङ्वो र जितपुर शाखाको शुभारम्भ प्रदेश ५ का  सांसद विष्णुप्रसाद पन्थीबाट गरिएको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए।

दुर्इ नयाँ शाखासहित बैंकको शाखा संख्या अब ७६ पुगेको छ । यस्तै एटिएम संख्या २८ पुगेको छ।

बैंकले चाँडै नै धनुषाको शखुवा महेन्द्रनगर, रौतहटको गौशाला, सिराहाको सिराहाबजार, पर्साको पोखरिया, सुनसरीका देवानगञ्ज लगायतमा शाखा संचालन गर्ने तयारी गरेको जनाएको छ।

राष्ट्रियस्तरको सो विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ। संस्थाले हालसम्म २४ अर्ब ५२ करोड निक्षेप संकलन गरी २२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको जनाएको छ।

बैंकले अत्यधुनिक प्रविधि उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवा लगायत सेवा प्रदान गर्दैआएको बैकका प्रमुख कार्याकारी अधिकृत श्रेष्ठले बताए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

एनएमबी बैंकको ‘एक घर एक खाता’

संकलन केन्द्र स्थापनाले किसान हर्षित

४५ अर्ब बराबरको औषधि कारोवार

आगामी बजेटबारे पोखरामा सुझाव संकलन

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की