पोखरा, २० मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तराई र हिमाली क्षेत्रका सीमाका राजनीतिक दलका नेताहरु ‘भाञ्जा-भाञ्जी’ लाई नागरिकता दिलाउन लालायित हुने गरेको आरोप लगाएका छन् ।
महिला कानून र विकास मञ्च (एफडब्लुएलजी) को आयोजनामा पोखरामा विहीवार आयोजित नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी प्रशिक्षक-प्रशिक्षण उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले नागरिकतामार्फत् राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्नु नै मुख्य समस्या भएको बताएका हुन् ।
उनले पहाडी क्षेत्रमा समस्या नभए पनि हिमाली र तराई क्षेत्रका केही भागमा भने नागरिकता प्राप्ति मुख्य समस्याको रुपमा रहेको बताउँदै भने, ‘हिमाली र तराईमा राजनीतिक गर्ने नेताहरुमा आफ्नो भाञ्जाभाञ्जीलाई नेपाली नागरिक बनाउन ठूलो चाहना हुन्छ । त्यसभित्र भने ठूलो स्वार्थ लुकेको हुन्छ । यो कार्य रोकिनुपर्छ ।’
उनले प्रशासनिक तवरबाट स्वविवेक अधिकार हुँदा पनि अधिकारीले जोखिम मोल्न नखोज्दा वास्तविकले नागरिकता प्राप्तिमा केही समस्या अद्यापि रहेको बताए । प्रदेश सरकारले संघीय र स्थानीय सरकारको पुलको काम गर्ने हो नागरिकताको बारेमा भने संघीय र स्थानीय तह नै बढी जिम्मेवारी रहेको बताए ।
उनले मुलुकका संविधान पटक-पटक परिवर्तन हुने गरे पनि ऐन र पद्दति भने पुरानै रहेको उल्लेख गर्दै समयअनुरुप ऐन पनि परिमार्जित हुँदै जानुपर्ने आजको आवश्यकता भएको बताए ।
अन्तरजातीय विवाहका कारण शुरुवातमा विवाह दर्ता नगर्ने र पछि घर परिवारले नस्वीकार्दा सो दम्पत्तिबाट जन्मेका सन्ततीलाई नागरिकता दिलाउन अफ्ठ्यारो हुने गरेको बताए । नागरिकता सबै नेपालीले पाउनुपर्छ तर दुरुपयोग हुनु हुँदैन, भने।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले घटना दर्ता नहुँदा पढाइ, सम्पत्ति प्राप्ति, अधिकार खोजी, रोजगारी लगायतमा समस्या हुने उल्लेख गरे । उनले नागरिकता भन्ने विषय जो पायो त्यसैलाई दिन नमिल्ने बरु यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै भने, ‘नागरिकता रगत र माटोसँग सम्बन्धित हुन्छ ।’ आफ्नो स्वार्थका रुपमा नागरिकता बनाउने प्रवृत्ति रोकिनुपर्छ भन्दै प्रजिअ बुढाले कागज र विधि पुर्याएर आए नागरिकता दिलाउन सकिने प्रष्ट पारे । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राष्ट्रिय परियोजना निर्माणमा व्यक्तिगत घटना दर्ताले सघाउ पुर्याउने भन्दै समयमै घटना दर्ता गरे आधा समस्या सहजै हल हुने बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका केदारनाथ सापकोटाले घटना दर्ता ऐन, २०३३ र घटना दर्ता नियमावली, २०३४ बारे जानकारी दिँदै घटना दर्ताको महत्वबारे जनाए ।
पोखरा महानगरपालिका सामाजिक महाशाखा प्रमुख निर्मला शर्माले असहाय, महिला, तेस्रो लिंगी, बालगृहमा बसोबास गर्नेहरुमा नागरिकता प्राप्तिलगायत घटना दर्तामा समस्या हुने गरेकोको अनुभव सुनाइन् ।
महिला कानून र विकास मञ्च (एफडब्लुएलजी) सदस्य सुजना महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले स्वागत र मञ्चका गण्डकी प्रदेश सञ्जाल संयोजक अधिवक्ता माधवी पाण्डेयले संचालन गरेकी थिइन्। प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक सम्बन्धित जिल्लाका जनप्रतिनिधि, वडा सचिव, अधिवक्ता, सामाजिक कार्यकर्ता गरी झण्डै ४० जनाको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा सवोर्च्च्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल लगायतले प्रशिक्षण दिनेछन् ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९