पोखरा, २० मंसिर।माओवादीको १० वर्षे सशस्त्र युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको लागि पहिलो पाइला चालिएको ठाउँ कास्कीको सिक्लेस गाउँमा निर्मित शान्ति स्मारकको यही मंसिर २४ गते उद्घाटन हुने भएको छ।
सशस्त्र युद्धका कमाण्डर एवम् नेकपाका अध्यप्रचण्डले उक्त स्मारकको उद्घाटन गर्ने कार्यक्रम रहेको पोखरामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
मादी गाउँपालिकाद्वारा आयोजित उक्त सम्मेलनमा गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले स्मारक अनावरण कार्यक्रममा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको पनि सहभागिता रहने बताए।
कार्यक्रममा कास्की क्षेत्र नं. १ का प्रदेश सांसद मनबहादुर गुरुङले अध्यक्ष प्रचण्डजीले नै सिक्लेसी जनतासँग भेट्ने चाहना गरे अुनरुप नै उहाँलाई ल्याउन शान्ति स्मारकको अनावरणलाई माध्यम बनाइएको जानकारी दिए।
साथै मादी गाउँपालिकामा अहिलेसम्म पक्की पुल नभएको र अध्यक्ष प्रचण्डबाट पुलको शिलान्यास कार्यक्रमसमेत रहेको उनले बताए।
व्रि्रोहको शान्तिमा रुपान्तरण बिन्दु सिक्लेस भएको र शान्ति सम्झौता भएको १२ वर्ष पुगेको सन्दर्भ पारेर मादी गाउँपालिकाबाट निर्माण गरिएको उक्त स्मारकले शान्तिपूर्ण रुपान्तरणको पाइला चिरस्थायी बनाउन सघाउने विश्वास गरिएको छ। निर्माण कार्यको नेृतृत्व कलाकार प्राज्ञ नारदमुदी हार्तमुछालीको रहेको र स्थानीय उपभोक्ता समितिको सक्रियतामा निर्माण सम्पन्न भएको जनाइएको छ।
माओवादी युद्धको अन्त्यतिर हेडक्वाटर रहेको सिक्लेसमा राज्यकातर्फबाट तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको प्रतिनिधिका रुपमा गृहमन्त्री कृष्णप्रसाद सिटौला जनयुद्धका कमाण्डर प्रचण्डलाई लिन आएका थिए। साथै नेता डा. बाबुराम भट्टराईसमेत राज्यपक्षसँग संवाद गरी खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने योजनासहित २०६३ असार २ गते काठमाडौ गएका थिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०