सिक्लेसमा शान्ति स्मारक

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७५

पोखरा, २० मंसिर।माओवादीको १० वर्षे सशस्त्र युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको लागि पहिलो पाइला चालिएको ठाउँ कास्कीको सिक्लेस गाउँमा निर्मित शान्ति स्मारकको यही मंसिर २४ गते उद्घाटन हुने भएको छ।

सशस्त्र युद्धका कमाण्डर एवम् नेकपाका अध्यप्रचण्डले उक्त स्मारकको उद्घाटन गर्ने कार्यक्रम रहेको पोखरामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

मादी गाउँपालिकाद्वारा आयोजित उक्त सम्मेलनमा गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले स्मारक अनावरण कार्यक्रममा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको पनि सहभागिता रहने बताए।

कार्यक्रममा कास्की क्षेत्र नं. १ का प्रदेश सांसद मनबहादुर गुरुङले अध्यक्ष प्रचण्डजीले नै सिक्लेसी जनतासँग भेट्ने चाहना गरे अुनरुप नै उहाँलाई ल्याउन शान्ति स्मारकको अनावरणलाई माध्यम बनाइएको जानकारी दिए।

साथै मादी गाउँपालिकामा अहिलेसम्म पक्की पुल नभएको र अध्यक्ष प्रचण्डबाट पुलको शिलान्यास कार्यक्रमसमेत रहेको उनले बताए।

व्रि्रोहको शान्तिमा रुपान्तरण बिन्दु सिक्लेस भएको र शान्ति सम्झौता भएको १२ वर्ष पुगेको सन्दर्भ पारेर मादी गाउँपालिकाबाट निर्माण गरिएको उक्त स्मारकले शान्तिपूर्ण रुपान्तरणको पाइला चिरस्थायी बनाउन सघाउने विश्वास गरिएको छ। निर्माण कार्यको नेृतृत्व कलाकार प्राज्ञ नारदमुदी हार्तमुछालीको रहेको र स्थानीय उपभोक्ता समितिको सक्रियतामा निर्माण सम्पन्न भएको जनाइएको छ।

माओवादी युद्धको अन्त्यतिर हेडक्वाटर रहेको सिक्लेसमा राज्यकातर्फबाट तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको प्रतिनिधिका रुपमा गृहमन्त्री कृष्णप्रसाद सिटौला जनयुद्धका कमाण्डर प्रचण्डलाई लिन आएका थिए।   साथै नेता डा. बाबुराम भट्टराईसमेत राज्यपक्षसँग संवाद गरी खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने योजनासहित २०६३ असार २ गते काठमाडौ गएका थिए।

Comments on सिक्लेसमा शान्ति स्मारक

हाम्रो सुझाव

सद्भावको पर्व होली

वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु

आँगनमै धारा आउँदा गाउँले खुसी

पाइलट सहित दुई घाइते

प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

थप प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

पाइलट सहित दुई घाइते