पोखरा, २० मंसिर। ‘पर्यटक पोखरा घुम्न आउँछन्। लेकसाइडका होटलमा बस्छन्। व्यवसायीले बिहान गाडी चढाएर सराङ्कोट पुर्याउँछन्। २-४ घण्टा डुलाईवरी खाना खुवाएर फर्काइदिन्छन्। पोखराको पर्यटन लेकसाइड र सराङ्कोटमा सीमित छ । पर्यटन व्यवसायीले काहुँडाँडामा पर्यटक लैजान चाहँदैनन् ।’ काहुँवासीको गुनासो हो, यो ।
निहुरिएर हेर्दा ताल नदेखिए पनि सराङ्कोटभन्दा कम छैन, रानीपौवाबाट मात्र ८ किमी दुरीको काहुँ’कोट। काहुँ’डाँडा प्रबर्द्धन गर्नकै लागि जनकल्याण क्लब र फूलबारी क्लबको आयोजनामा मंसिर २८ देखि पुस ८ सम्म काहुँ धराहरा महोत्सव गर्दैछन् ।
महोत्सवबारे जानकारी दिन विहीवार काहुँमा आयोजित पत्रकार सम्मेलनमा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलाले गुनासो गरे, ‘काहुँ’ जाने भनेर कोही मान्छे ट्याक्सी चढ्यो भने काहुँ’खोला लगेर झारिदिन्छ। कसैलाई लालीगुराँस हेर्न मन लाग्यो भने काँडे पुर्याउँछन् तर १५ मिनेटको बाटोमा लालीगुराँस फुल्छ भन्ने कसैलाई थाहा छैन।’ सरकार र पर्यटन व्यवसायीले उपेक्षा गरेकै कारण काहुँ’डाँडा पर्यटकीय क्षेत्र बन्न नसकेको उनको गुनासो छ।
‘लेकसाइडका ब्रोसर हेर्दा महेन्द्रगुफा, पाताले छाँगो, सराङ्कोट, फेवाताल छ तर काहुँ’डाँडा किन छैन – ६ वटा जिल्ला डाँडाबाट सजिलै हेर्न सकिन्छ। हिमश्रृंखला हेर्ने योभन्दा उत्तम ठाउँ नै छैन,’ वडाध्यक्ष बास्तोलाले थपे, ‘यति राम्रो ठाउँलाई पर्यटन व्यवसायीले उपेक्षा गरेका छन्।’
स्थानीय अगुवा दीपकप्रकाश आचार्यले काहुँ’कोटले लेकसाइडको सिन्डिकेट तोड्ने बताए। ‘होटल बनाउँछौं, होमस्टे बनाउने तयारी भइरहेको छ। दृष्यावलोकनका लागि यो भन्दा उत्तम ठाउँ छँदै छैन। हामी कोहीभन्दा कमजोर छैनौं,’ आचार्यले भने, ‘काहुँ’कोटलाई परिचित पर्यटकीय क्षेत्रको रुपमा स्थापित गरेरै छाड्छौं। अब लेकसाइड र सराङ्कोटको सिन्डिकेट काहुँडाँडाले तोड्छ।’
पर्यटन विकासका लागि कोटको धरहरा स्तरोन्नति थालिएको छ। ८ करोड ४० लाख रुपैयाँको डिपिआर बनाएर प्रदेश पर्यटन मन्त्रालयमा पेश गरिएको वडाध्यक्ष मोहन बास्तोलाले जानकारी दिए। पर्यटक बोलाएर स्थानीयको आर्थिक स्थितिमा सुधार ल्याउन महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। २०६२ र २०६५ पछि काहुँ’ धरहराको प्रांगणमा तेश्रो संस्करणको काहुँ धराहरा महोत्सव हुन लागेको हो । ‘पैसा कमाउनका लागि महोत्सव गर्न लागेको होइन। यो ठाउँको प्रचार गरेर पर्यटक भित्र्याउने लक्ष्य छ, महोत्सवका सहसंयोजक कुमार क्षेत्रीले भने, ‘साउण्ड सिस्टम जडान हुँदैछ। झिलिमिली बत्ति हालेर यसपाली काहुँडाँडाबाट पोखरालाई चकित पाछौर्ं।’
करिब ५ सय परिवारलाई पारीवारिक पास र २ हजार हाराहारीमा टिकट बिक्री गरिसकेको क्षेत्रीले जानकारी दिए। महोत्सवमा स्थानीय उत्पादनको बिक्री र सांगितिक जमघट हुने उनी बताउँछन्। महोत्सवमा विभिन्न प्रयोजनका ८० वटा स्टल रहनेछन् भने अधिकांश स्टल बुकिङ भैसकेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए। महोत्सव प्रवेशका लागि ७० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने सोही टिकटबाट धरहरा चढ्ने व्यवस्था मिलाइएको छ ।
प्रचार संयोजक आचार्यका अनुसार महोत्सवबाट ६० लाख आम्दानी हुने अनुमान छ। आम्दानीमध्ये ४३ लाख खर्च हुनेछ भने बचत रकम पूर्वाधार निर्माण र कोट ब्यवस्थापनमा लगानी हुनेछ। महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ। मेलालाई एनएमवि बैंकले प्रायोजन गरेको छ। महोत्सवमा आउने पाहुनालाई खान र बस्ने ब्यवस्था होम स्टेमा हुनेछ। महोत्सव अवधिभर जुनसुकै बेला मोटर आउजाउको व्यवस्था मिलाइएको महोत्सव संयोजक देवबहादुर गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०