क्रान्तिकारी पत्रकारको प्रदेश भेला

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७५

पोखरा, २० मंसिर। क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेला बिहीवार पोखरामा सम्पन्न भयो। भेलाको उद्घाटन गर्दै महासंघका अध्यक्ष इन्द्र राउतले पत्रकारले राष्टियता र जनजीविकाको सवालमा आवाज उठाउनु पर्नेमा जोड दिए। उनले नेपाल पत्रकार महासंघलाई छाता संगठनको रुपमा मान्दै गर्दा त्यस अनुरुपको व्यवहार नभएको भन्दै दुर्इ दलको भागबण्डामा महासंघ चलेको दाबी गरे।

नेकपा (क्रान्तिकारी माओवादी) पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारीले अहिलेसम्मका क्रान्तिहरु अधुरा भएकाले फेरि नयाँ क्रान्तिको तयारी गर्नुपरेको धारणा व्यक्त गरे। गण्डकी प्रदेशका संयोजक केशबहादुर परियारले वर्तमान सरकारका गतिविधिले देश ०४६ साल पछाडि धकेलिएको बताए। स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विकृति विसंगतिका विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिँदै सरकारबाट स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने काम भइरहेको उल्लेख गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले चुनावी रणनीतिका कुरालाई लिएर पत्रकारले प्यारालाल संगठन बनाउन नहुनेमा जोड दिए।

महासंघ केन्द्रीय कमिटिका सचिव रामकुमार श्रेष्ठले क्रान्तिकारी पत्रकारहरु आफ्नो मिशन लिएर अघि बढेको बताए। कान्तिपुर दैनिकका लालप्रसाद शर्माले पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड दिए।

प्रदेश नं. ४ का संयोजक गोपाल जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय तिवारीले स्वागत तथा सागर सुवेदीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width