पोखरा, २० मंसिर।अन्तराष्ट्रिय नेपाली साहित्य समाजको विधान अनुसार समाजको सबैभन्दा माथिल्लो निकाय संरक्षक मण्डल (बोर्ड अफ ट्रष्टी) को कार्यकारी सदस्यमा पोखराका तीर्थराज अधिकारी निर्विरोध निवाचित भएका छन् ।
संरक्षक मण्डलको अध्यक्षमा गीता खत्री, सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा अविनाशी, र पुरस्कार वितरण समिति अध्यक्षमा र डा. गोपी उप्रेती निर्वाचित भएका छन्।
तत्कालिन चन्देश्वर-७, दुराडाँडा, लमजुङमा जन्मेका अधिकारी २०२६ सालदेखि नेपाली वाङ्मयको क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
अधिकारीका जूनकीरी (२०५३), ऐना कवितासङ्ग्रह (२०५७), तीन लय तेह्र गीत गीतिसङ्ग्रह (२०६०), झटारो मुक्तकसंग्रह (२०७०), यो कस्को हात हो – कवितासङ्ग्रह (२०७०), लमजुङको सम्झना भिसिडी (२०७१), झटारो (अंग्रेजी अनुवाद) (२०७२), बिरिमफुल मुक्तकसंग्रह (२०७३), माया आधुनिक गीतिएल्बम -२०७४) लगायतका कृति प्रकाशन भएका छन्। प्रवल गोरखादक्षिण बाहु, मुक्तकमणि पदवीलगायतका विवभुषण प्राप्त अधिकारी दर्जनौं साहित्यक संस्थामा आजीवन सदस्य, संरक्षक र सल्लाहकार रहेर साहित्यिक संगठकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी अनेसास संयुक्त राज्य अमेरिकामात्रै नभएर गीताञ्जली साहित्य परिवार पोखराकासमेत संरक्षक रहेका छन्। सात सदस्यीय संरक्षक समितिका अन्य पदमा सर्वसम्मत भए तापनि दुर्इ सहअध्यक्ष पदका लागि अनेसासका पूर्व अध्यक्षद्वय पुरुषोत्तम सुवेदी, पदम् विश्वकर्मा र ट्रष्टी सदस्य बलराम थापाको उम्मेदवारी परेको छ।
उक्त पदमा सर्वसम्मति हुन नसके मतदान प्रक्रिया चल्ने निर्वाचन कमिटिले जनाएको छ। मतदान नै भएमा सम्पूर्ण संरक्षक समिति सदस्यले अनलाइन मतदान गर्ने प्रावधान रहेको छ।
नवनिर्वाचित अध्यक्षले आफ्नो संस्थाको विधि र विधानमा रहेर आफ्नो कार्यकालमा संस्थाका लागि भवन र जमीन खरिदको पहल गर्ने, दुर्इ-दुर्इ वर्षमा प्रदान गर्ने अनेसास सवोर्त्कृष्ट पुस्तक पुरस्कारका लागि विश्वभरिका नेपाली लेखकबाट पुस्तक संकलन गरी मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै पुरस्कार घोषणा र वितरण गर्ने, अनेसास केन्द्र र च्याप्टरका गतिविधिलाई व्यवस्थित गर्न आधुनिक सूचना र प्रविधिको उपयुक्त प्रयोग गरी अभिलेखहरू अद्यावधिक गर्नेलगायतका वाषिर्क योजनालाई अगाडि सारेकी छन्।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९