अनेसासको संरक्षक सदस्यमा मुक्तकमणि निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७५

पोखरा, २० मंसिर।अन्तराष्ट्रिय नेपाली साहित्य समाजको विधान अनुसार समाजको सबैभन्दा माथिल्लो निकाय संरक्षक मण्डल (बोर्ड अफ ट्रष्टी) को कार्यकारी सदस्यमा पोखराका तीर्थराज अधिकारी निर्विरोध निवाचित भएका छन् ।

संरक्षक मण्डलको अध्यक्षमा गीता खत्री, सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा अविनाशी, र पुरस्कार वितरण समिति अध्यक्षमा र डा. गोपी उप्रेती निर्वाचित भएका छन्।

तत्कालिन चन्देश्वर-७, दुराडाँडा, लमजुङमा जन्मेका अधिकारी २०२६ सालदेखि नेपाली वाङ्मयको क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।

अधिकारीका जूनकीरी (२०५३), ऐना  कवितासङ्ग्रह (२०५७), तीन लय तेह्र गीत गीतिसङ्ग्रह (२०६०), झटारो मुक्तकसंग्रह (२०७०), यो कस्को हात हो – कवितासङ्ग्रह (२०७०), लमजुङको सम्झना भिसिडी (२०७१), झटारो (अंग्रेजी अनुवाद) (२०७२), बिरिमफुल मुक्तकसंग्रह (२०७३), माया आधुनिक गीतिएल्बम -२०७४) लगायतका कृति प्रकाशन भएका छन्। प्रवल गोरखादक्षिण बाहु, मुक्तकमणि पदवीलगायतका विवभुषण प्राप्त अधिकारी दर्जनौं साहित्यक संस्थामा आजीवन सदस्य, संरक्षक र सल्लाहकार रहेर साहित्यिक संगठकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी अनेसास संयुक्त राज्य अमेरिकामात्रै नभएर गीताञ्जली साहित्य परिवार पोखराकासमेत संरक्षक रहेका छन्। सात सदस्यीय संरक्षक समितिका अन्य पदमा सर्वसम्मत भए तापनि दुर्इ सहअध्यक्ष पदका लागि अनेसासका पूर्व अध्यक्षद्वय पुरुषोत्तम सुवेदी, पदम् विश्वकर्मा र ट्रष्टी सदस्य बलराम थापाको उम्मेदवारी परेको छ।

उक्त पदमा सर्वसम्मति हुन नसके मतदान प्रक्रिया चल्ने निर्वाचन कमिटिले जनाएको छ। मतदान नै भएमा सम्पूर्ण संरक्षक समिति सदस्यले अनलाइन मतदान गर्ने प्रावधान रहेको छ।

नवनिर्वाचित अध्यक्षले आफ्नो संस्थाको विधि र विधानमा रहेर आफ्नो कार्यकालमा संस्थाका लागि भवन र जमीन खरिदको पहल गर्ने, दुर्इ-दुर्इ वर्षमा प्रदान गर्ने अनेसास सवोर्त्कृष्ट पुस्तक पुरस्कारका लागि विश्वभरिका  नेपाली लेखकबाट पुस्तक संकलन गरी मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै पुरस्कार घोषणा र वितरण गर्ने, अनेसास केन्द्र र च्याप्टरका गतिविधिलाई व्यवस्थित गर्न आधुनिक सूचना र प्रविधिको उपयुक्त प्रयोग गरी अभिलेखहरू अद्यावधिक गर्नेलगायतका वाषिर्क योजनालाई अगाडि सारेकी छन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width