लैगिंक हिंसाविरुद्ध सचेतना तालिम

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७५

पोखरा, २० मंसिर । पर्यटन क्षेत्रमा महिलालाई सशक्त बनाउँदै व्यावसायिक रुपमा स्थापित गराउन आत्मविश्वास बढाउने उद्देश्यले महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) का सदस्यलाई लैंगिक हिंसाविरुद्धको सचेतना तालिम दिइएको छ ।

तालिम उद्घाटनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुखमणि लामिछानेले समतामूलक समाजका लागि महिला पुरुष दुवैको समान सहभागिता र साझेदारी आवश्यक रहेकेा बताए।

उनले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानु सकारात्मक भएको भन्दै महिला अधिकारप्रति सचेत हुँदै व्यावसायिक पहिचानका साथ संगठित रुपमा अघि बढ्नु पर्ने धारणा राखे।

पोखरा पर्यटन परिषद्का महासचिव दिलप्रसाद गौतमले सामाजिक न्यायका लागि महिला पुरुष दुवैको समान सहभागिता आवश्यक रहेको बताए।

वडा ६ का कार्यपालिका सदस्य पुष्पा पहारीले कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा हिंसा र अपराधले प्रश्रय पाएको बताइन्।

कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारीले महिलामाथि बढ्दै हिंसाको सामाजिक चुनौती विषय बनेको धारणा राखिन्।

तालिममा इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा र सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेश अध्यक्ष जमुना वर्षा शर्माले महिला हिंसा र अधिकार विषयमा सहजीकरण गरेका थिए।

मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती पाण्डे र सचिव उमा भण्डारीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा संस्थाका १ सय जना सदस्यको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width