लोक सेवा खोल्दै गण्डकी सरकार

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७५

पोखरा, १९ मंसिर । प्रदेशमा सरकार गठन भएको वर्ष दिन बितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभूति महसुस हुन सकेको छैन ।

संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौती कायमै छ।

तर गण्डकी सरकारले चाहीँ तत्काल कर्मचारी नपठाए करारमै भए पनि कर्मचारी भर्ना गर्ने चेतावनी संघ सरकारलाई दिएको छ । प्रदेश समन्वय परिषद् बैठकबाट जतिसक्दो छिटो कर्मचारी पठाइदिन आग्रह गरेको छ । केन्द्र सरकारले पुस मसान्तभित्र समायोजन गरिसक्ने सान्त्वना दिएको छ । यद्यपि गण्डकी सरकारले कर्मचारीको समस्या स्थायी रुपमै समाधान गर्न लोक सेवा आयोग गठनको तयारी थालेको छ ।

प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोग गठनसम्बन्धी प्रस्ताव पारित गरेको हो । ‘प्रदेश लोक सेवा आयोगको लागि कानून तर्जुमा गर्ने स्वीकृति दियौं,’ बैठकपछि सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘संविधानले दिएको अधिकार सरकारले प्रयोग गरेको हो । आयोग गठनपछि कर्मचारी भर्ना र बढुवामा सहज हुनेछ ।’ आयोग बनेपछि कर्मचारी भर्ना, छनोट तथा पदपूर्र्ति, बढुवा लगायत काम सहज हुनेछ ।

बुधबारको बैठकले प्रदेश तालिम प्रतिष्ठानसम्बन्धी कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति समेत दिएको छ । प्रतिष्ठानले गण्डकी प्रदेशभित्र रहेका जनप्रतिनिधि तथा कर्मचारीलाई विभिन्न विषयमा तालिम दिनेछ । सरकारले वातावरण तथा जलवायू परिवर्तन नीति र वन तथा जलाधार व्यवस्थापन नीतिको मस्यौदा स्वीकृत गरी थप छलफल गर्न आर्थिक तथा सामाजिक विकास समितिमा पठाएको छ । वन तथा वातावरण संरक्षण एवं व्यवस्थापन कार्यक्रम कार्यान्वयन कार्यविधि सैद्धान्कि स्वीकृतिपछि प्रशासन तथा विधेयक समितिमा पठाइएको छ ।

मन्त्रिपरिषद्ले यसअघि नीति तथा योजना आयोगको विज्ञको रुपमा नियुक्ति पाएका विष्णुराज बराललाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।

सहायक मन्त्री सरहको सेवा सुविधा पाउने गरी उनलाई नियुक्त गरिएको मन्त्रालयका सचिव लालमणि ओझाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width