एनएस ललितकला पुरस्कार सरितालाई

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७५
NS Puraskar

पोखरा, १९ मंसिर। एनएस ललितकला पत्रकारिता पुरस्कारबाट पत्रकार सरिता तिमिल्सिना पंगेनी सम्मानित भएकी छन् ।

एनएस क्लब पोखराले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा आयोजना गरेको राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रदर्शनी अवसरमा बुधवार उनलाई सम्मान गरेको हो।

समारोहका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उनलार्ई ११ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्। सम्मानित पत्रकार पंगेनी पोखरा पोष्ट अनलाइनकी सम्पादक हुन् ।

यसैबीच, चित्रकला प्रतियोगितामा दश जोड दुर्इतर्फ हिलपोइन्ट बोर्डिङकी अविल गुरुङ प्रथम, पोखराका निश्चल गुरुङ द्वितीय र बाँकेका सागर क्षत्री तृतीय भए । हिलपोइन्ट बोर्डिङकी श्वेता भूर्तेल र पोखराकी नीशा पुनले शान्त्वना पुरस्कार हात पारे।

आदर्श समाज दैनिकका प्रधानसम्पादकसमेत रहेका प्रमुख अतिथि बास्तोलाले उनीहरुलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्दै कलाकारको जायज माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले कलाकारले चित्रमात्र कोर्ने नभइ कला प्रबर्द्धन र आफूहरुको जीवीकोपार्जनबारे सोच्नसमेत आग्रह गरे।

हिमाञ्चल बोर्डिङ स्कूलका सह-प्राचार्य निर्मल भण्डारीले कला र गलाको समाजमा ठूलो योगदान रहने भएकाले चित्रकला प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे।

सम्मानित पत्रकार पंगेनीले सम्मानबाट गौरवान्वित महसुस भएको जनाइन्।

उनले राज्यले कला प्रबर्द्धनका लागि कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिइन्।

एनएस क्लब पोखराका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव विजय गुरुङले संचालन गरेका थिए।

गत शनिबारदेखि शुरु प्रदर्शनीमा कुलपति, प्राज्ञ, विज्ञ वरिष्ठ कलाकार, युवादेखि मन्टेसरीमा अध्ययनरत विद्यार्थीको गरी २ सय ८ जनाका २ सय ५० वटा कलाकृति राखिएका छन्।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width