लेखनाथ, १९ मंसिर । समग्र गण्डकी प्रदेशको आर्थिक, सामाजिक, कृषि र पर्यटन विकासमा टेवा पुर्याउने उद्देस्यले लेखनाथ उद्योग वाणिज्य संघले १५ औं संस्करणको प्रादेशिक लेखनाथ महोत्सव गर्ने भएको छ ।
विगतका महोत्सवभन्दा फरक शैलीमा आगामी पुस ५ देखि १६ गतेसम्म हुने महोत्सवको तयारी तीव्र पारिएको लेखनाथमा बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सुन्तला महोत्सवबाट शुरु महोत्सवलाई ‘महोत्सवको पनि महोत्सव’ का रुपमा चिनाउँदै एउटै थलोमा उत्पादकदेखि उपाभोक्तासम्म जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै महोत्सवले उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ शुरु हने महोत्सव अवधिभर ३ लाख दर्शकले मेला अवलोकन र करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए।
महोत्सवबाट बचत रकम कृषि उपज खरिद बिक्री केन्द्र निर्माण, प्रदर्शनी स्थल स्तरोन्तति र अन्य सामाजिक क्षेत्रका काममा खर्च गर्ने बताइएको छ ।
महोत्सवस्थलमा विभिन्न प्रकारका करिव ३ सय ५० वटा स्टल रहने भएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९