पेकमा स्ववियु चुनाव गर्ने सहमति

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७५
pec

पोखरा, १९ मंसिर । पोखरा इञ्जिनियरिङ कलेजको दुर्इ सातादेखि अन्यौलमा रहेको विवाद समाधान भएको छ । क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच बैठक बसेर सहमति खोजिएको हो ।

स्ववियु चुनाव विषयलाई लिएर क्याम्पसभित्र विद्यार्थी संगठन आन्दोलित थिए । तत्काल चुनाव माग गर्दै नेपाल विद्यार्थी संघले मंसिर ७ मा तालाबन्दी गरेको थियो । त्यसको २ दिनपछि असम्बन्धित ब्यक्तिहरुले ताला फोडेको आरोप लगाउँदै नेवि संघले क्याम्पसमा थप तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

तोडफोड र तालाबन्दी घटनाबारे छानबिन माग गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले मंसिर १० मा संयुक्त विज्ञप्ति निकालेका थिए । लामो समय छलफल र वार्ता गरेपछि मंगलबार घटनाबारे सहमति निकालिएको हो । अनेरास्ववियुले पनि तत्काल स्ववियू चुनाव गराउन माग गरेको छ । क्याम्पस प्रशासनले चाहीँ विद्यार्थी कल्याणकारी परिषद्को चुनाव गर्ने तयारी गरेको छ । माघ ५ मा परिषद्को चुनाव गराउने क्याम्पसको तयारी छ । यद्यपि सबैजसो विद्यार्थी संगठनले परिषद्भन्दा स्ववियु चुनावलाई प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन् ।

मंगलबार बसेको बैठकले परिषद् र स्ववियुमध्ये एउटालाई प्राथमिकता दिन समन्वय समिति गठन गर्ने निर्ण्र्ाा गरेको छ । समितिमा क्याम्पस प्रशासनबाट २ जना र विद्यार्थी संगठनबाट  १/१ जना प्रतिनिधि रहनेछन् र समितिले पोखरा विश्वविद्यालयसँग समन्वय गर्नुपर्नेछ ।

बैठकमा क्याम्पस प्रशासनबाट सहायक क्याम्पस प्रमुख रोजना जोशीको संयोजकत्वमा राजु पुरी, सुरज वसन्त तुलाचन, अनुज शेरचन, हिमलाल भुषाल, चिजकाजी गुरुङ र अम्बर गुरुङ सहभागी थिए भने विद्यार्थी संगठनबाट सुन्दर गिरी, किशोर सुवेदी, विनय कार्की, भीष्मराज पौडेल, मौसम बराल र मौसम तिमिल्सिना सहभागी थिए ।

योसँगै, विद्यार्थीका अन्य माग पनि प्रशासनले सम्बोधन गरेको छ । अनियन्त्रित रुपमा राखिएका निर्माण सामग्री तत्काल व्यवस्थित गर्ने, ओभरसियर र ब्याचलरका विद्यार्थीको पुस्तकालय छुट्टाछुट्टै बनाउने, इ-लाईब्रेरी व्यवस्थापन गर्ने लगायत १० बुँदे सहमति भएको हो ।

सहमतिपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको अनेरास्ववियु प्रतिनिधि सुन्दर गिरीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width