हेमजा, १९ मंसिर। हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयमा प्रधानाध्यापक अमरबहादुर कुँवरको संयोजकत्वमा विद्यालयस्तरीय समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ।
समितिका सदस्यमा शिक्षक विशालजंग कुँवर अभिभावकद्वय मनबहादुर विक, खरिका अधिकारी, सदस्यसचिवमा सामुदायिक सेवा केन्द्र हेमजाका प्रहरी हवल्दार जयबहादुर कुँवर चयन भए ।
सदस्यमा विद्यार्थी सुजन दाहाल, सागर भुजेल, प्रमिला गुरुङ र जुना गिरी छनोट भएका छन्। कार्यक्रम सामुदायिक सेवा केन्द्र हेमजाको आयोजनामा गरिएको हो।पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले विद्यार्थीलाई मोवाइलको दुरुपयोग नगर्न आग्रह गर्दै समाजलाई विकृति विसंगतिमुक्त बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। उनले कक्षा १२ पास नगरुञ्जेल मोवाइल प्रयोग नगरी पठनपाठनलाई मात्रै ध्यान दिन विद्यार्थीलाई सुझाव पनि दिए।
प्रशिक्षण दिँदै प्रहरी नायव निरीक्षक टंक पौडेलले समुदाय प्रहरी साझेदारी कार्यक्रम हालसालै कार्यान्वयनमा आएको जनाउँदै विद्यार्थीको समाज परिवर्तनमा अहम् भूमिका हुने भएकाले उनीहरुलाई सही शिक्षा दिनुपर्नेमा जोड दिए।
सामुदायिक प्रहरीअन्तर्गत जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष बोधराज कार्कीले विकृति विसंगति नियन्त्रण गर्ने अभ्रि्रायले कार्यक्रम संचालन गरिएको प्रष्ट पारे। उनले सबैको सोच समृद्घ नेपाल निर्माण गर्नतर्फ रहनुपर्ने धारणा पनि राखे।विद्यालय प्रधानाध्यापक अम्वरबहादुर कुँवरले कार्यक्रमबाट फाइदा लिन विद्यार्थीलाई सुझाव दिएका थिए।
‘हर गाउँ नगरी टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ कार्यक्रम गरिएको हो। सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष विष्णु बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रहरी नायव निरीक्षक टंक पौडेलले स्वागत तथा सामुदायिक सेवा केन्द्र हेमजाका सदस्य देवीप्रसाद अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०