पोखरा, १९ मंसिर।स्वरसम्राट नारायण गोपालको ८८ औं स्मृति दिवस बुधवार पोखरामा उनका कालजयी तथा लोकप्रिय गीतको गायन गरी मनाइएको छ।
त्रिवेणी संगीतालयले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपाली संगीत क्षेत्रमा नारायण गोपालको अतुलनीय योगदान रहेको बताए। साथै, उनले नारायण गोपालका गीतले धेरैलाई प्रेरणा प्रदान गरेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले त्रिवेणी संगीतालयले संगीतमा लाग्न इच्छुकलाई प्रतिभाको विकास गर्ने अवसर प्रदान गर्दै आएको धारणा राखे।
आर्टिसियन क्लबका अध्यक्ष वीरवल घोतानेले सुगम संगीतमा नारायण गोपालको योगदान चिरस्मरणीय रहेको उल्लेख गरे।
कार्यक्रममा कलाकारहरु पशुपति गुप्ता, लक्ष्मी गिरी, पिंगला भट्ट, सविना सुनाम, नवराज बराल, सन्तोष पराजुली, सन्तोष बराल, प्रमिला बराल, देवीमाया गुरुङ, केशव सुवेदी, वसन्त थापा, सुनिल बराल, रश्मी बोगटी, विशाल घतालेलगायतले एकल तथा युगल गरी २० वटा गीत प्रस्तुत गरेका थिए। यसैगरी, खेम लामा, लक्ष्मण सुवेदी, निर्मल राई, सन्दीप बराल, अनुपम रिसालले वाध्यवादनतर्फ सहयोग गरेका थिए।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९