स्याङ्जा, १७ मङ्सिर । बिभिन्न बिधामा निरन्तर कमल चलाउने ३ जना स्रष्टालाई आइतवार स्याङ्जामा बासु स्मृति सम्मानबाट सम्मानीत गरिएको छ ।
सम्मानीत हुने स्रष्टाहरुमा इतिहास र संस्कृतिको अन्वेषण गरेवापत प्राध्यापक डा. दिलबहादुर क्षेत्री, नेपाली साहित्यको श्रीबृद्धिमा योगदान पुर्याएवापत साहित्यकार देवेन्द्र लम्साल र ०७ साल अघिदेखि नेपाली मौलिक संस्कृति झल्किने लोकसाहित्यमार्फत सामजिक आन्दोलनमा सकृय ८८ बषिर्य डिल्लीरमण न्यौपानेलाई बासु स्मृति सम्मानबाट सम्मानीत गरिएको हो ।
सम्मानित स्रष्टाहरुलाई लोकगायिका एवं पूर्व प्राज्ञ हरिदेवी कोइरालाले सम्मानीत गरेकी हुन् । स्रष्टा सम्मान कार्यक्रममा बोल्दै कोइरालाले भनिन्, ‘आधीखोले र ज्याग्दीखोले संस्कृतिका धनी स्याङ्जाली स्रष्टाले बिभिन्न विधामार्फत साामाजिक रुपान्तरणमा योगदान पुर्याएकोमा गर्बको अनुभूति भएको छ ।’
इतिहास निर्माण गर्ने अग्रणी पुस्ताका लागि प्रेरणाको स्रोत बासु स्मृति सम्मान रहने कोइरालाले बताइन् । उनले साधन स्रोत र उत्प्रेरणाको अभावका बाबजुद पनि स्याङ्जाली स्रष्टाले निरन्तर साधना गरिरहेकोमा उच्च मूल्यांकन गरिएको बताइन् । कोइलाले भनिन्, ‘स्याङ्जाली साहित्यकार अन्वेषकले मुलुकको राजनीतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका छन ।’ कार्यक्रममा सम्मानित व्यक्तित्व डिल्लीरमण न्यौपाने, देवेन्द्र लम्साल, प्राडा दिलबहादुर क्षेत्री, नेपाली काँग्रेसका सचिव कुमार राना, साहित्यकारहरु पिताम्बर नेपाली र देवीप्रसाद वनवासी, टिकाराम वाग्ले, त्रिभुवन पौडेल, बालनरसिंहका नाती विश्वबिक्रम अधिकारी, डा यामबहादुर क्षेत्री, बालनरसिंहका साथी भुवनसिंह अधिकारी, पुतलीबजार नगरपालिका १ का अध्यक्ष निर्मलकुमार शेरचन, भीरकोट नगरपालिका ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, अधिवक्ता तुलसी गिरी, मानबहादुर कृष्णकुमारी ट्रष्टका अध्यक्ष शैंलेन्द्रजंग कार्की, महिला नेतृ हिरादेवी शर्मा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, घरेलु उद्योग महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, साहित्यकार चक्रपाणि कोइरालालगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बालकवी द्धय परिवेश मरासीनी र यज्ञराज उपाध्यायलगायतले कविता बाचन गरेका थिए । बालनरसिंह सुवर्णकुमारी अधिकारी गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष इन्द्रेणी अधिकारीले स्वागत, संरक्षक शेरजंग अधिकारीले धन्यवाद एवं सचिव रविन केसीले संचालन गरेका थिए ।
आफ्ना मातापिताको स्मृतिमा तोरणध्वज अधिकारीद्धारा स्थापित बालनरसिंह – सुवर्णकुमारी (बासु) अधिकारी गुठीद्धारा स्थापित बासु स्मृति पुरस्कारबाट अहिलेसम्म १० जना व्यक्ति र एक संस्था सम्मान भएको छ ।
Related News
सम्बन्धित समाचार
रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता
स्थानीय तह उपनिर्वाचन १६ मंसिरमा
आज संविधान दिवस
बजाज पल्सर एनएस–२०० मोटरसाइकल
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१