अन्तरपालिका भलिबलमा रागिनास विजयी

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५

लमजुङ, १७ मङ्सिर । लमजुङमा आयोजना गरिएको अन्तरपालिका भलिबल प्रतियोगितामा रागिनास नगरपालिकाको टिम विजयी भएको छ । बेसीशहर नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगिता फूलबारी मञ्चको खेल मैदानमा खेलाइएको थियो ।

मध्यनेपाल नगरपालिका र रागिनास नगरपालिकाको टिमबीच भएको फाइनल खेलमा रागिनास नगरपालिका विजयी भएको जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले बताए । उनका अनुसार बेष्टअफ फाइभका आधारमा खेलाईएको सो प्रतियोगितामा मध्यनेपाल नगरपालिकाको टिमलाई सिधा ३ सेटमा जित्दै रागिनास नगरपालिका पहिलो भएको हो ।

प्रतियोगिताको विजेता रागिनासले ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेताले नगद १० हजार ट्रफी र प्रमाणपत्र हात पारे ।

विजयी खेलाडीलाई बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले पुरस्कार र प्रमाणपत्र वितरण गरे । लिक कम नक आउटका आधारमा खेलाइएको सो प्रतियोगितमा जिल्लामा रहेको ८ पालिकाबाट एक/ एक टिमले सहभागिता जनाएको  जिल्ला भलिवल संघका अध्यक्ष बासु पौडेलले बताए ।

सो प्रतियोगितामा सवोर्कृष्ठ खेलाडीमा दोर्र्दी गाउँपालिकाका सुदीप परियार, बेष्ट सटरमा रागिनास नगरपालिकाका सरोज कुमाल र बेष्ट लिफ्ट वयरमा मध्यनेपाल नगरपालिकाको टिमका सुशील कुमाल पुरस्कृत भए । विधागत विजेताहरूले जनही २ हजार नगद र प्रमाणपत्र पाए । पुरस्कार वितरण कार्यक्रम जिल्ला भलिवल संघका अध्यक्ष बासु पौडेलको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width