वालिङ केन्द्रका सदस्यको स्वागत

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
death durga bhadur gurung

हेमजा, १७ मंसिर । आत्मज्ञान प्रचार संघ पोखरा-२५, हेमजा, चण्डीस्थान केन्द्रले सोमवार स्याङ्जाको वालिङ केन्द्रका सदस्यलाई स्वागत गरेको छ ।

कार्यक्रममा विश्वशान्तिका दूत प्रेम रावतद्वारा जारी गरिएको करिब आधा घण्टा लामो शान्तिको सन्देश भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा चण्डीस्थान केन्द्रतर्फबाट धर्मजंग कुँवर, सुरेन्द्र श्रेष्ठ, सीता लामिछाने, लक्ष्मी कुँवर, रेडियो हेमजाका स्टेशन म्यानेजर परशुराम अधिकारी, पत्रकार श्रीभद्र पौडेल लगायतले भनाइ राखेका थिए ।

उनीहरुले मानिसले धनसम्पतिभन्दा समयलाई महत्व दिनुपर्ने, सर्वप्रथम आफूले आफैलाई चिन्नुपर्ने, मानिसले मानवतालाई प्रश्रय दिनुपर्नेमा जोड दिएका थिए।

वालिङ केन्द्रका करिव ७० जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।

कार्यक्रम चण्डीस्थान केन्द्रका सुरेन्द्र श्रेष्ठ र सीता लामिछाने संयुक्त रुपमा संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width