पोखरामा ‘ग्रेट हिमालयन महोत्सव’ को तयारी

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५
International Musium PKR 2_Fotor

पोखरा, १६ मङ्सिर । पोखरामा पाचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव २०१८ हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा डिसेम्बर १० देखि १२ सम्म महोत्सव गर्न लागिएको हो ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघले डिसम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवस घोषणा गरेपछि नेपाल पर्वतारोहण संघले पनि पर्वतीय महोत्सव आयोजना गर्दै आएको हो ।

पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा विगत ५ बर्षदेखि मनाइंदै आएको पर्वतीय महोत्सवमा हिमाली संस्कृतिलगायत गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङलगायतका जाति समुदायको परम्परागत साँस्कृतिक प्रस्तुति, झाँकीहरु प्रदर्शन गर्नुका साथै खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ ४५ किमीको अल्ट्रा म्याराथन हुनेछ ।

जसलाई ‘एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ नाम दिइएको छ । नबिल बैंकको प्रायोजन रहेको म्याराथन विजेताले एक लाख, उपविजेताले ५० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने र महिलालाई २३ किमीको हाफ म्याराथनको व्यवस्था गरिने संघका अध्यक्ष सन्तबीर लामाले जानकारी दिए । महिलातर्फको हाफ म्याराथनमा विजेताले ५० हजार, उपविजेताले २५ हजार र तृतीयले १५ हजार पाउनेछ ।

त्यसैगरी ‘एनएमए हिमालयन साइक्लिङ र ‘एनएमए टोनी हेगन टुरिज्म पन्टिङ’ आयोजना गरिने छ । विजयीलाई साइक्लिङतर्फ विजेताले एक लाख १० हजार र पन्टिङतर्फ विजेताले ५५ हजार पुरस्कार पाउनेछन् ।

महोत्सवमा विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तुसहितका ३० भन्दा बढी व्यावसायिक स्टलहरु रहनेछन् । गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली तामाङलगायतका अन्य जनजाति तथा समुदायका सांस्कृतिक नाच तथा खानाका परिकारलाई समेत प्रतिस्पर्धात्मकरुपमा राखिने र उक्त खानाका परिकारमध्ये प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यसपटक पोखराको पर्यटनसम्बद्ध संघसंस्थालाई समेट्ने प्रयास गरिएको र यहाँको पर्यटन प्रबर्द्धन हुने लामाको जिकिर थियो । पर्यटन बोर्डको सहकार्यमा हुने महोत्सवले भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्ने हिसावले पर्वतीय महोत्सव आयोजना गरिएको लामाले बताए ।

महोत्सवस्थलमा स्टलहरु निःशुल्क उपलब्ध गराइने संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । यसका साथै महोत्सवमा हिमालयन साइक्लिङ, टोनी हेगन टुरिजम पेन्टिङ, तारो हान्ने र छेलो हान्ने, बोल्डरिङ क्लाइम्बिङ समावेश गरिएको छ । गुरुङका अनुसार प्रसिद्ध हिमाल आरोहण गर्नेलाई सम्मान गर्ने कार्यक्रमसमेत छ ।

५० हजार भन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । विगतका बर्षमा महोत्सव खासै प्रभावकारी नभएको सञ्चारकर्मीको जिज्ञासामा यसपटक अलिक बृहत् बनाउने र केही नयाँ इभेन्टहरु समावेश गर्न लागिएको आयोजकको भनाई छ ।

महोत्सव सफल पार्न संघका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको र समितिमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि रहेका छन् । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width