पोखरा, १६ मंसिर।पोखराका पहिलो पत्रकार केशवराज पराजुली सोमवारदेखि ८४ वर्षमा प्रवेश गर्दैछन्।
वि.सं. १९९२ मार्गकृष्ण पक्षको एकादशीका दिन पोखरा नदीपुरमा जन्मिएका पराजुलीले सगरमाथा संवाद समितिको संवाददाता भएर २०१६ सालबाट पत्रकारिता शुरु गरेका थिए।
यसैगरी उनी २०१७ बाट प्रकाशित भएको पोखराको पहिलो समाचार पत्रिका हिमदूत साप्ताहिकको सह-सम्पादक भएर कार्यरत रहे भने २०३९ सालबाट उनको आफ्नै सम्पादन प्रकाशनमा जनमत दैनिक प्रकाशित भएको थियो।
यसअघि पत्रकार पराजुलीले २०२२ सालमा गण्डकी साहित्य संस्थानको वेणी पत्रिकाको र २०३२ मा राष्ट्रिय बहुउद्देश्यीय विद्यालय (हालको राष्ट्रिय मा.वि.) पोखराको रजत वर्ष स्मारिकाको भोलानाथ पराजुली, तेजनाथ घिमिरेसहितबाट संयुक्त सम्पादन गरेका थिए।
वेणीलाई यस क्षेत्रको पहिलो साहित्यिक पत्रिका मानिन्छ भने जनमत पोखराको पहिलो दैनिक पत्रिका हो। उनी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०५४ बाट सम्मानित भएका छन्। पत्रकार पराजुलीको सम्पादकीय संग्रह सम्पादकको कलम २०६० सालमा प्रकाशित भएको थियो।
युवावस्थादेखि नै जनचेतना जगाउने कार्यमा जुटेका पराजुली देशमा प्रजातन्त्र स्थापना र पुनस्र्थापना दुवै आन्दोलनमा सक्रिय भएर लागे।
२०४२ सालमा सत्याग्रहमा उनले चार महिना जेल भोगे। यसैगरी २०४४ सालको देश जागरण अभियानमा पोखराका अग्रज पण्डित मुक्तिनाथ शर्मासँगै एक रात प्रहरी हिरासतमा विताएको उनी स्मरण गर्दछन्।
समाजमा केशव गुरुको नामले परिचित पराजुली विधिको शासन हुनुपर्छ भन्ने मान्यता राख्दछन्। २०६७ सालमा नेपाल पत्रकार महासंघले निर्वाचन प्रक्रिया मिचेर दलिय भागवण्डाका आधारमा कार्यसमिति गठन गरेकोमा त्यसका विरुद्ध कृष्णप्रसाद बास्तोलासहित उनी न्यायका लागि पुनरावेदन अदालत गएका थिए।
महासंघका तत्कालीन अध्यक्ष शिव गाउँलेले गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता गरी मुद्दा फिर्ता लिन आग्रह गरेपछि मुद्दा फिर्ता भएको थियो।
पत्रकार स्वतन्त्रै रहनुपर्छ भन्ने दृढ धारणा राख्ने पराजुली स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार हुन्।
यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले एक विज्ञप्ति प्रकाशन गरी पत्रकार केशवशरण पराजुलीको ८४ वर्ष प्रवेशको अवसरमा सुख, शान्ति, दीर्घायु एवम् सुयश वृद्धिको लागि शुभकामना व्यक्त गरेका छन्।
साथै, उनले उक्त विज्ञप्तिमा पत्रकार पराजुलीको नेपाली पत्रकारिता क्षेत्रमा रहेको योगदान अतुलनीय एवम् सबैका लागि प्रेरणापद भएको उल्लेख गरेका छन्।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०