पोखरा, १६ मङ्सिर । पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा’ साथमा तेस्रो मोवाइल मेला २०७५’ को अवसरमा चौँरी नदेखेका पोखरेलीलाई हिमाली जनावरबारे जानकारी दिन चाँैरी पोखरा झारिएको छ ।
‘हामीले राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुपमा आयोजना गरिएको एक्सपोमा नयाँपन दिन चौँरी पनि पोखरा झारेका हौँ,’ संघका अध्यक्ष दामु अधिकारीले भन्नुभयो, ‘हाम्रो मेलामा भोजपुरको खुकुरीदेखि, महेन्द्रनगरको सतिसालको ठेकी, पोखराकै हपर्न खोला क्षेत्रमा परम्परागत रुपले माछा मार्ने जलारीको कथा पनि हेर्न र बुझ्न सकिन्छ ।’
एक्सपोमा हर्पन फेवा मत्स्य सहकारी संस्था खपौँदीले परम्परागत रुपले माछा मार्ने परम्पराको जानकारी दिने स्टल राखेको हो । स्टलमा ताल संरक्षणको आग्रहसहित हाते जाल, माछा राख्ने फुर्लुङ, जाल थाप्ने डुङ्गा, तियारी जालसमेत प्रदर्शनीमा राखिएका छन् ।
यता, मेला र महोत्सवको प्रवर्द्धक पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल एक्सपोको मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलले भ्रमण गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य माधव ज्ञवाली, मकवानपुर च्याम्बर अफ कमर्सका अध्यक्ष विजयकुमार श्रेष्ठ तथा अधिकृत बिक्रेता संघ मकवानपुरका अध्यक्ष चक्रधर बिडारीसहितको टोलीले एक्सपोको अवलोकन गरेको हो ।
पाहुना टोलीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरिराज पन्तले एक्सपोका विविध पक्षबारे जानकारी दिए । त्यसैगरी, मकवानपुरको टोलीले हेटौँडामा पनि आउँदो फागुनमा मेला आयोजना हुन लागेको जानकारी दिँदै सो मेलामा सहभागिताको लागि पोखराका उद्योगी/व्यवसायीहरुसँग आग्रह गरे । संघका उप महासचिव चिनु गुरुङका अनुसार सहभागीहरुको सुझावलाई मनन गर्दै एक्सपोलाई भव्य र सभ्य बनाउन कुनै कसुर बाँकी राखिएको छैन । मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवार दुबै बढ्दै गएको उनले बताए । यता, एक्सपोका साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीका अनुसार मंसिर १७ गते सोमबार पप गायक साहिमा श्रेष्ठ र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने लोकदोहरीतर्फ पुष्कल शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, कृष्ण गुरुङ, मञ्जु विक, सीता केसी, टेक क्षेत्री, अम्बर धिताल र सरला पाण्डेको प्रस्तुति रहनेछ ।
हाँस्य कलाकार दीनेश काफ्लेसहित लोकदोहोरी प्रतियोगिताअन्तर्गत हाम्रो दोहोरी साँझ पोखरा र तनहुँ लोकदोहोरी गीत प्रतिष्ठान एवं साइनो दोहोरी घर र लोकदोहोरी प्रतिष्ठान बाग्लुङबीच प्रतिस्पर्धा हुने साँस्कृतिक उपसमिति संयोजक खत्रीले जानकारी दिए । रत्यौलीमा भने दिदीबहिनी आमा समूह आर्वाको प्रस्तुति रहनेछ ।
Related News
सम्बन्धित समाचार
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण
कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट
‘देवीरमण शालीन, भद्र शिक्षासेवी’
मोती जयन्तीमा गजल प्रशिक्षण
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०