स्थानीयले बनाए पक्की सडक

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५

लमजुङ, १६ मंसिर। सुन्दरबजार नगरपालिका-९, नयाँबजारका स्थानीय आफैले कालोपत्रे सडक निर्माण गरेका छन्। स्थानीयले आवश्यक रकम संकलन गरी सुन्दरबजार नगरपालिकाको साझेदारीमा सो सडक निर्माण गरिएको हो ।

बजारको मुख्य सडक छेउदेखि आफ्नो टोलमा ६५ मिटर लामो सडकमा कालोपत्रेको काम गरिएको सडक कालोपत्रे निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सिर्जना बराल अधिकारीले बताइन्। उनले भनिन्, ‘सुन्दरबजारस्थित हरिकुमार श्रेष्ठको घरदेखि रामकुमार श्रेष्ठको घरसम्मको बाटोमा पर्ने सडक खण्डको बाँकी रहेको ६५ मिटर बाटो पिच गरिएको हो।’

सो अवसरमा सडक कालोपत्रे गर्नुका साथै नालाको मर्मत कार्य पनि गरिएको छ। सडक खण्डको दायाँबायाँ रहेका १४ घरले फुटका हिसाबले आर्थिक सहयोग जुटाएको स्थानीय अजित अधिकारीको भनाइ छ। उनका अनुसार सो प्रयोजनका लागि प्रतिफुट ५ सय २८ रुपैयाँ दरले रकम संकलन गरिएका थियो। सो सडक पूर्वी लमजुङ जाने सडकसं’ग जोडिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद अधिकारीले बताए। उनका अनुसार पहिले सडक कच्ची थियो, पक्की नाला थिएन, बाटो बर्खामा हिलाम्य हुन्थ्यो, हिउँदमा सडक धुलाम्य हुन्थ्यो, अब त्यस्तो नहोला।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

घुस लिने सुरज पक्राउ

करेण्ट लागेर अधिकारीको मृत्यु

विद्यार्थीको वढाउन बस सेवा

प्रमुख समाचार

केपी ओलीको भागमा २८ माधव नेपालको भागमा १६ जिल्ला अध्यक्ष सूची सहित