पोखरा, १६ मङ्सिर । पोखरा- ८ र ९सुन्दरमार्गका सम्झौता नारी जागृति समुहद्धारा संकलित देउसी भैलोको रकमबाट वेद विद्याश्रम चिसाखोलामा आश्रति बटुकहरुलाई न्यानो कपडा तथा खाद्यान्न प्रदान गरेको छ ।
समुहले आफ्नो स्थापना दिवसको १७ औं वषिर्कोत्सवमा दीपावलीको अवसरमा भैलो देउसीबाट उठाएको रकमबाट विद्याश्रमको आवासमा आश्रति ६० जना बटुकहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।
समुहकी संस्थापक अध्यक्ष जमुना कायस्थले हरेक वर्ष देउसी भैलोबाट उठेको रकमको ४० प्रतिशत विभिन्न संस्थालाई सहयोग गर्ने गरेको बताइन् । यस वर्ष वेदभूमिमा आएर आफू र आफूसबद्ध संस्थाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले विद्याश्रमको गतिविधिमाथि प्रकाश पार्दै दाता महानुभावहरुलाई धन्यवाद दिए ।
सम्झौता नारी जागृति समूहका अध्यक्ष जानुका थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष ललिता श्रेष्ठले स्वागत र सोनका बाटाजुले संचालन गरेकी थिइन् ।
विद्याश्रममा हाल पूर्व झापादेखि पश्चिम कालिकोटका १ सय १७ जना विद्यार्थी अध्ययनरत छन् । ६० जना विद्यार्थीहरुले आवासीय सुविधा पाएका छन् । अहिले हिन्दु धर्म र संस्कृतिको लोप हुन लागेको समयमा विद्याश्रमले अतुलनीय भुमिका खेलेको भन्दै विभिन्न दाता तथा संघसंस्थाले यथाशक्य सहयोग गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०