वेद विद्याश्रमका बटुकलाई न्यानो कपडा

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५
Chisa khola Bedh Bidhyashram_Fotor

पोखरा, १६ मङ्सिर । पोखरा- ८ र ९सुन्दरमार्गका सम्झौता नारी जागृति समुहद्धारा संकलित देउसी भैलोको रकमबाट वेद विद्याश्रम चिसाखोलामा आश्रति बटुकहरुलाई न्यानो कपडा तथा खाद्यान्न प्रदान गरेको छ ।

समुहले आफ्नो स्थापना दिवसको १७ औं वषिर्कोत्सवमा दीपावलीको अवसरमा भैलो देउसीबाट उठाएको रकमबाट विद्याश्रमको आवासमा आश्रति ६० जना बटुकहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।

समुहकी संस्थापक अध्यक्ष जमुना कायस्थले हरेक वर्ष देउसी भैलोबाट उठेको रकमको ४० प्रतिशत विभिन्न संस्थालाई सहयोग गर्ने गरेको बताइन् । यस वर्ष वेदभूमिमा आएर आफू र आफूसबद्ध संस्थाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले विद्याश्रमको गतिविधिमाथि प्रकाश पार्दै दाता महानुभावहरुलाई धन्यवाद दिए ।

सम्झौता नारी जागृति समूहका अध्यक्ष जानुका थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष ललिता श्रेष्ठले स्वागत र सोनका बाटाजुले संचालन गरेकी थिइन् ।

विद्याश्रममा हाल पूर्व झापादेखि पश्चिम कालिकोटका १ सय १७ जना विद्यार्थी अध्ययनरत छन् । ६० जना विद्यार्थीहरुले आवासीय सुविधा पाएका छन् । अहिले हिन्दु धर्म र संस्कृतिको लोप हुन लागेको समयमा विद्याश्रमले अतुलनीय भुमिका खेलेको भन्दै विभिन्न दाता तथा संघसंस्थाले यथाशक्य सहयोग गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width