पोखरा, १४ मंसिर । सृजना आवासीय माध्यमिक विद्यालय पोखरा-८, सिर्जनाचोकको रजत जयन्ती समारोह शनिबार सम्पन्न भएको छ।
रजत जयन्ती अवसरमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले विद्यालयको स्थापनामा योगदान पुर्याएका शारदाप्रसाद सुवेदी, विष्णुप्रसाद बराल तथा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरे। मन्त्री विकले विद्यालयको स्मारिका ‘सृजना आरोहण’ समेत लोकार्पण गरे।
कार्यक्रममा उनले देशलाई चाहिने दक्ष जनजनशक्ति उत्पादन गरी शिक्षाको विकासमा विद्यालयको योगदान रहेको बताए। उनले धेरै मेहनत गरेर अभिभावक तथा देशको सपना साकार पार्न विद्यार्थीलाई सुझाव दिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव नवराज पौडेल, राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रदेश प्रमुख विष्णुनारायण श्रेष्ठ, प्याब्सनका गण्डकी प्रदेशका अध्यक्ष माधवशरण उपाध्याय, विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डे, शिक्षक यादवराज उपाध्याय, विद्यार्थी जानकी थापा, फिरोज खान, तमन्ना सुवेदी, विन्दु चालिसे लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा १० वर्षभन्दा बढी सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मानित हुनेमा खगेन्द्रराज बराल, प्रितम शंकर, सुशीला भुजेल, बालकृष्ण पाण्डे, रीता आचार्य, जीवन रेग्मी, बाबुराम केसी, यादवराज उपाध्याय, रवि कार्की, शैलेन्द्रकुमार मलिक, गोपाल थापा, राधा तिमिल्सिना, सरस्वती भुजेल, वीना थापा, मुना गुरुङ, नगेन्द्र थापा, गोमा श्रेष्ठ, शम्भु परियार, अहमद अलि खान, रेखा सुवेदी, इन्दु केसी, सन्तोष पौडेल, इन्द्रकुमार श्रेष्ठ, धमेन्द्र सिंह र सन्तोष विष्ट छन् । रजत महोत्सव अवसरमा विद्यालयले सञ्चालन गरेको जिल्ला तथा प्रदेशस्तरीय निबन्ध लगायत प्रतियोगितामा विजयी विद्यार्थीलाई शिल्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालयमा सञ्चालित अबाकसको डेमो प्रस्तुत गरिएको थियो।
२०७४ मंसिर १६ देखि शुरु रजत महोत्सव शनिबारमात्र समापन भएको हो । यसबीचमा विद्यालयले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९