अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७५
george-h-w-bush-flag-portrait-gty-jc-180416_hpMain_1_12x5_992

वासिङटन,  १५ मंसिर । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ।

शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तले जानकारी दिएका छन्।

अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उनका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति भएका थिए।पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताएका छन्। उनले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उनको निधन भएको हो। श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकाको ४१औं राष्ट्रपतिका रुपमा उनले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width