युवाले विकासको नेतृत्व लिनु पर्छ : मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७५
lci 15 photo

लेखनाथ, १५ मंसिर। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले युग सुहाउँदो विकास निर्माणका लागि युवाको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका छन् ।

लेखनाथ जेसिजको शनिबार २१ औं वाषिर्क साधारण सभा तथा २० औं शाखा अधिवेशन उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् ।

उनले प्रदेशलाई पर्यटनको शहर बनाउन सृजनात्मक सोच आवश्यकता रहेको बताउँदै युवामा नवीनतम् सोच र सम्भावना खोजी गरी विकास निर्माणमा जुट्न आग्रह गरे ।

‘गण्डकी प्रदेश सम्भावना नै सम्भावना भएको प्रदेश हो । यसको संस्थागत विकासका लागि युवाले युग सुहाउँदो योजना ल्याएर विकास निर्माणको सारथि भएमात्र परिकल्पना गरेको प्रदेश बन्नेछ,’ मन्त्री लम्सालले भने ।

लेखनाथ जेसिज अध्यक्ष शालिकग्राम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष गोविन्द देवकोटाले युवा सुखी नेपाली र समृद्ध नेपाल बनाउन साक्षी भएर काम गर्नर्र् इच्छुक भएको बताए ।

लेखनाज जेसिजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलले लगानीमैत्री वातावरण भए युवा रोजगारीको लागि विदेशमा नभै स्वदेशै बसेर डलर कमाउन सक्ने तर्क राखेका थिए।

कार्यक्रममा लेखनाथ जेसिजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, निवाचन संयोजक अर्जुन ओझा, पोखरा जेसिजका अध्यक्ष शिव सुवेदी, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ लगायतले आ-आफ्नो धारणा राखेका थिए।

लेखनाथ जेसिजका सहसचिव सुजनबाबु न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष सन्दीप ढुंगानाले गरेका थिए।

अधिवेशनले आगामी आवका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width