पोखरा फाइनान्स बुटवलमा

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७५

पोखरा, १५ मंसिर । पोखरा न्यृ्रोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लि.ले बुटवल ९, राजमार्ग चौराहामा शाखा सञ्चालनमा ल्याएको छ।

शाखाको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्घाटन गरे । उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।

चुक्ता पु“जी ८५.७२ करोड रहेको सो संस्थाको हालसम्म निक्षेप ५ अर्ब २ करोड तथा कर्जा लगानी ४ अर्ब ४१ करोड एवं जगेडा कोषमा २४ करोड ९२ लाख रहेको जनाइएको छ।

बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैकि· तथा सि-आस्वा लगायत सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आव २०७४र७५ को वाषिर्क साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८ प्रतिशत मुनाफा वितरण गरिएको कार्यकारी प्रमुख गुरुङले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width