वडाबाटै स्मार्ट कार्ड

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७५
Smart Card_Fotor

पोखरा, १२ मंसिर। पोखरा वडा १३ ले वडावासीका लागि सिटिजन्स स्मार्ट कार्ड वितरण गरेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष दर्शन लामाले वडावासी समेत रहेका पत्रकार शोभाकान्त सिग्देललाई पहिलो स्मार्ट कार्ड प्रदान गरी सोको शुभारम्भ गरे

वडाध्यक्ष लामाका अनुसार वडाको सम्पूर्ण विवरण राख्न स्मार्ट कार्ड अवधारणा ल्याइएको जनाए। वडाभित्र स्मार्ट कार्ड लागू भएपछि सेवाग्राहीले स्थानीय ऐनले निर्देश गरेका ६४ वटा सेवा पाउनेछन्।

स्थानीय तहमै पहिलो पटक आफूले अनलाइन स्मार्ट कार्ड व्यवस्था गरेको लामाको दाबी छ। उनले भने, ‘स्मार्ट कार्डमार्फत वडाको सम्पूर्ण रिपोर्ट तयार पार्ने उद्देश्य हो।’

स्मार्ट डिजिटल्स कार्डबाट वडाभित्रका एउटा सेवाग्राहीको परिचयसहित परिवार र निजको सम्पत्ति लगायत सम्पूर्ण विवरण उक्त कार्डमा समावेश गरिने वडाध्यक्ष लामाले उल्लेख गरे।

सो प्रविधिले वडाभित्रको विकासको सम्भावना, समस्या, जनशक्ति, बालबालिकाहरुको स्थिति, कृषियोग्य जमिन तथा उत्पादन, शैक्षिक स्थिति र पर्यटकीयस्तर लगायत सम्पूर्ण अध्ययन गर्न वडालाई सहयोग पुर्‍याउने अध्यक्ष लामाको भनाइ छ।

वडाबाट सेवाग्राहीलाई प्रवाह गर्ने सेवामा समेत यस प्रविधिको ठूलो राहत मिल्ने वडाध्यक्ष लामाले बताए। वडाभित्र हाल ४ हजार घरधुरी रहेको अनुमान छ। २०६८ को जनगणनाअनुसार वडामा १७ हजार ७७ जनसंख्या छन् ।

मालिका सफ्टवेयर नेपालको सहकार्यमा निर्मित स्मार्ट कार्ड क्यु आर सिस्टममा बनेको हुन्छ। स्मार्ट कार्डमा व्यक्तिको सम्पूर्ण विवरण संग्रहित गरेर राखिन्छ। स्मार्ट कार्डमा क्युआर कोड राखिन्छ। कुनै सेवाग्राही सेवा लिन आएपछि उसको स्मार्ट कार्डको क्युआर कोड स्क्र्याच गरेर कम्प्युटर सफ्टवयरमा रहेको फर्म्याट अनुसार निजको प्रोफाइलमा पुर्‍याइन्छ। प्रोफाइलको आवश्यक विवरण र निवेदन आधारमा सेवाग्राहीलाई सेवा प्रवाह गरिन्छ।

दुर्इ महिनाभित्र सबै वडाभित्रको सबै नागरिकलाई स्मार्ट कार्ड वितरण गरिसक्ने लामाले बताए। वडाले एक पटक सभे गरिसकेपछि सबै विवरण संग्रहित गरिन्छ। कुनै सेवाग्राही सेवा लिन महानगरपालिका पुगे पनि वडालाई उसको विवरणबारे अनुरोध गर्छ।

यस प्रविधिसँगै महानगरपालिका र वडाबीच समन्व आधारमा सेवाग्राहीहरुले सेवा प्राप्त गर्नेछन्। वडाले महानगरको अनुरोधलाई स्वीकार गरेर पारित गरिदिएपछि सिफारिसअनुसार काम गरिदिन्छ।

‘करिब १ महिनाजति सबै वडा र वडावासीको सम्पूर्ण सभे गर्न समय लाग्ने भएकाले स्मार्ट कार्ड वितरण कार्य २ महिनाभित्र सक्छौं,’ वडाध्यक्ष लामाले भने, ‘वडा कार्यालयले गर्ने सम्पूर्ण कामका लागि पेपरलेसको हाम्रो चाहना हो।

स्मार्ट कार्डका लागि पोखराको मालिका सफ्टवेयर नेपाल प्रालिको प्राविधिक सहयोग रहेको छ। कम्पनीका प्रबन्ध संचालक सुरेश गिरीले स्मार्ट कार्डको ५ वर्ष वारेन्टी रहेको जनाए। स्मार्ट कार्डमा व्यक्तिले दिएको जति व्यक्तिगत र पारिवारीक दुर्इ किसिमको विवरण रहने गिरीले उल्लेख गरे।

गिरीका अनुसार व्यक्तिगतमा उसको व्यक्तिगत विवरण र पारिवारीक विवरणमा सम्पूर्ण परिवारको विवरण लगायत सम्पत्ति र अन्य विवरणहरु समेत संग्रहित हुन्छन्। जो कसैले मागेको आवश्यक सबै विवरण दिनैपर्ने बाध्यात्मक स्थिति स्मार्ट कार्डमा हुन्छ। वडाले लागू गरेको स्मार्ट कार्डमा स्थानीय ऐनले व्यवस्था गरेको ६४ वटा विवरण प्रत्येक स्मार्ट कार्ड होल्डरले दिनुपर्ने गिरीले बताए।

Related News

सम्बन्धित समाचार

  • सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    लेखनाथ । सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पोखरा २८…
  • जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । पोखरा १८ खपौंदीका ९१ जलारी परिवार माछा व्यवसायमा निर्भर छन् । उनीहरूको आयआर्जनको स्रोत नै माछा हो ।…
  • ‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८०
    पोखरा । पर्यटकीयस्थल लेकसाइडमा कानुनविपरीत मोटरसाइकल तथा स्कुटर भाडामा लगाउनेमाथि प्रहरीले निगरानी बढाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय र…
  • पर्यटन बसपार्क जिम्मा ए वानलाई

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८०
    पोखरा । पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सन, पोखराले पाएको छ । पोखरा उपत्यका नगर विकास…
  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…

hero news full width