पोखरा, १२ मंसिर । सिर्जना आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय मावि तहको नेपाली निबन्ध लेखन प्रतियोगितामा लमजुङका शिशिर अधिकारी प्रथम भएका छन् ।
विद्यालयको रजत जयन्तीको वर्षको अवसरमा कक्षा ९ र १० अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय, वेशीसहर-१, लमजुङका अधिकारी प्रथम भएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय सिमलचौर, पोखराका अभिमत लामिछाने द्वितीय, नवज्योति माध्यमिक विद्यालय गोरखाका सुस्मिता रोका तृतीय र दि ओल्ड क्यापिटल बोर्र्डिङ स्कूल, रानीवन, गोरखाकी प्रीति खड्काले सान्त्वना स्थान हासिल गरेको सिर्जना आवासीय माविका प्राचार्य डोलराज पाण्डेले जानकारी दिए।
गण्डकी प्रदेशका हरेक जिल्लामा भएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीको कापी पोखरामा ल्याएर विषयगत विज्ञहरुले पुनः परीक्षण गराई प्रदेशस्तरको प्रतियोगिता गराइएको हो। विद्यालयको मंसिर १५ मा हुने रजत जयन्तीको समापन समारोहमा विजयीलाई पुरस्कार वितरण गरिनेछ ।
उनीहरुले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।प्रदेशका सबै जिल्लाका सदरमुकामहरूमा एउटै समय सूचना प्रविधि र नेपाली समाज शीर्षकमा भएको प्रतियोगितामा १ सय ४ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।
यसअघि जिल्लास्तरमा भएको सो प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को समन्वयमा भएको विद्यालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९