पोखरा, १२ मंसिर । पोखरा बहुमुखी क्याम्पसले ३२ औं वाषिर्कोत्सव अवसरमा हप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार रक्तदानमा ४५ जनाले रक्तदान गरे। विद्यार्थी, प्राध्यापक र कर्मचारीले रक्तदान गरेका हुन्।
रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक सूर्यप्रसाद ढकालले ब्ल्डब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए।
क्याम्पसले साहित्यिक, खेलुकद, सरसफाइ र रक्तदान सहितका कार्यक्रम वाषिर्कोत्सव अवसरमा आयोजना गरेको हो। सप्ताहव्यापी कार्यक्रमको साहित्यिक गतिविधिअन्तर्गत निवन्ध लेखन, कविता बाचन कार्यक्रम आयोजना गरिएको थियो।
त्यस्तै खेलकुदमा छात्रा तथा छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। साहित्यिक र खेलकुद प्रतियोगिताका उत्कृष्टलाई शुक्रबार हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने पराजुलीले बताइन्।
मंगलबार क्याम्पस परिसर सहित महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको थियो। सरसफाइमा क्याम्पसमा प्राध्यापक सहित विद्यार्थी र कर्मचारी सहभागी थिए।
क्याम्पस प्रमुख पराजुलीले विद्यार्थीलाई सामाजिक कार्यक्रममा सक्रिय बनाउन यस्ता गतिविधि आवश्यक पर्ने बताइन्।
पोखराको बगरमा स्थापना भएको यो कलेज पछि नयाँबजारमा सारिएको थियो। सो क्याम्पसमा व्यवस्थापन र मानविकी संकायमा स्नातक तहमा अध्यापन हुन्छ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९