जनसेवी लघुवित्तको मुनाफा ३२ लाख

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७५

पोखरा, १२ मंसिर । पर्वत कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लि.ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख बराबरको मुनाफा आर्जन गरेको छ।

दश जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ। हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी १४ करोड रहेको छ भने चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए।

संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १२ हजार २ सय ४६ जना ग्राहक सदस्यबाट चालु आवको कात्तिक मसान्तसम्म १४ करोड ३६ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्ब ४४ करोड  ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

९५ करोड ८३ लाख १३ हजार रुपैयाँ असुली भई हाल ४८ करोड ६० लाख रुपैयाँ लगानीमा रहेको संस्थाले जनायो।

सो वित्तीय संस्थाले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दर्ता गरिसकेको जनायो ।

संस्थाको कार्यक्षेत्र हाल पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुँ, लमजुङ, कास्की र गुल्मी हुन् । संस्थाले कार्यक्षेत्रभित्र शाखा विस्तार गरी हालसम्म २५ वटा शाखा कार्यालय पुर्‍याइसकेको छ। निकट भविष्यमै स्याङ्जा, पाल्पा, मकवानपुर, दाङ र चितवनमा विस्तार गर्ने योजना छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

एनएमबी बैंकको ‘एक घर एक खाता’

संकलन केन्द्र स्थापनाले किसान हर्षित

४५ अर्ब बराबरको औषधि कारोवार

आगामी बजेटबारे पोखरामा सुझाव संकलन

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की