खैरेनीटार, १२ मंसिर। ‘लैंगिक हिंसा दुर्र्व्यवहार, छैन हामीलाई स्वीकार’ नारासहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत शुक्लागण्डकीमा सचेतना कार्यक्रम भएको छ।
शुक्लागण्डकी नगरपालिका वडा ६ र ७ को आयोजनामा भएको सो कार्यक्रममा वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले सिकेका असल कुरा व्यवहारमा ल्याउन सुझाव दिए।
कार्यक्रममा दंगा प्रहरी गणका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले आपसी मतभेद हुँदा हिंसाको सुरुवात हुने बताए। उनले बाटो सही रोजेमा खुसी आफै मिल्ने जनाए। प्रशिक्षणमा उनले आफैलाई माया गर्न, राम्रो काम गर्न, हिंसा नगर्न, क्षमा दिने प्रयत्न गर्न, सकारात्मक सोचको विकास गर्न सक्नुपर्ने बताए।
कार्यक्रममा नेकपाका रामचन्द्र उपाध्यायले सिकेका कुरालाई सकारात्मक रुपमा सम्प्रेषण गर्न सुझाव दिए।नेपाली कां’ग्रेसका रेशमलाल पौडेल, जनमुक्ति पार्टीका जयबहादुर थापा शुक्लागण्डकी नगरपालिकाकी अधिकृत सीता थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए। प्रशिक्षक एसपी लोकेन्द्र श्रेष्ठ र अधिवक्ता भुवन पराजुलीले प्रशिक्षण दिएका थिए।
शुक्लागण्डकी वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा ७ का वडाध्यक्ष रामबहादुर क्षत्री थापा र सञ्चालन वडा ६ का वडासदस्य बुद्धिबहादुर थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९