‘लायन्स अन्तर्राष्ट्रियबाट नेपाललाई सहयोग’

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५

पोखरा, ११ मंसिर ।  लायन्स क्लब अन्तर्राष्ट्रियका प्रथम भाइस प्रेसिडेन्ट जङ युल चोइले आफूले जुलाईबाट लायन्स अन्तर्राष्ट्रियको नेतृत्व सम्हालेपछि नेपालजस्ता विकाशोन्मुख राष्ट्रको सहयोगमा वृद्धि गर्ने बताएका छन् ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालद्धारा पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजसेवाका क्षेत्रमा गरिने सामाजिक कार्यका लागि सहयोग वृद्धि गरी सेवाका क्षेत्रलाई अझ प्रभावकारी बनाउने उल्लेख गरे ।

उनले विश्वका २१४ मुलुकहरुमा फैलिएको यस संस्थामा १४ लाख सदस्य रहेको बताउँदै नेपाल जस्ता अविकसित मुलुकको आर्थिक विकाससँग्ौ लायन्स सदस्यहरुको वृद्धि हुने बताए ।

महिलाहरुको सहभागिता र उच्च नेतृत्वबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले लायनवादमा विश्वबाट ३० प्रतिशत महिलाहरुको सहभागिता रहेको बताए ।

उनले भने, ‘सन् १९८७ देखि लायन्समा महिलाहरुले विभिन्न तहमा नेतृत्व गरेका छन् । दक्षिण एसियाली मुलुक पाकिस्तानबाटै पहिलो महिला अन्तर्राष्ट्रिय डाइरेक्टर भएकी छन् । अहिलेसम्म दुर्इ दर्जनभन्दा बढी महिलाले उच्च नेतृत्व गरिसकेका छन् ।’

उनले नेपालले पनि छिट्टै अन्तर्राष्ट्रियको नेतृत्व गर्ने बताए ।  उनले कडा परिश्रम र मिहिनेतबिना मुलुकको विकास र समृद्धि सम्भव नभएको बताए । कोरिया कडा परिश्रम र मेहनतबाट नै विकसित बन्न सफल भएको चोइको दाबी थियो । मेहनतबाट नै विश्वकै उत्कृस्ट ब्राण्डजस्तो सामसङ र हुण्र्डाई जस्ता उत्पादनले विश्वलाई च्यालेञ्ज गरिरहेको उनको भनाइ थियो ।

लायन्स अन्तर्राष्ट्रियका एलसीआइएफ लिडर बालकृष्ण बुलाकोलीले लायन्स अन्तर्राष्ट्रियले सामाजिक क्षेत्रमा गरेका विभिन्न योजनाबारे जानकारी गराए।

Related News

सम्बन्धित समाचार

hero news full width