पोखरा, ११ मंसिर। डेंगु रोग नियन्त्रणबारे सचेतना दिने उद्देश्यले पोखरा ८, वडा कार्यालयले मंगलबार पनि सचेतनामूलक र्याली निकालेको छ ।
वडा कार्यालय ८ बाट शुरु भएको र्याली सृजनाचोक, शिवालयचोक, फेवासिटीचोक, नागढुंगाचोक, पृथ्वीचोक हुँदै पुनः वडा कार्यालयमा पुगी समापन भएको थियो।
र्यालीको संयोजकमा डेंगु रोग नियन्त्रण समिति संयोजकमा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल छन् । उनको नेतृत्वमा समितिका सदस्य, शिवालय आमा समूहका पदाधिकारी, वडा कृषि सञ्जाल अध्यक्ष सरस्वती थापा, आदर्श समाज दैनिककी व्यवस्थापक दुर्गा बास्तोला, सृजनाचोक अस्थायी प्रहरी विटका इञ्चार्ज, सरसफाइ अभियन्ता बलराम बराल, नागढुंगा विकास समाजका अध्यक्ष डम्मरराज सुवेदी र सदस्यहरुले सामूहिक रुपमा डेंगुसम्बन्धी पर्चा, माइकिङ गरेका थिए। वडा सदस्य लक्ष्मी कौशलले कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
यसअघि, मंगलबार वडाध्यक्ष बरालको नेतृत्वमा समितिका सदस्य भवानी आमा समुहका पदाधिकारी, कुँवर टोल विकास संस्थाका पदाधिकारी, सृजनाचोक अस्थायी प्रहरी विटका इञ्चार्ज, सरसफाइ अभियन्ता बलराम बराल, कर्मचारी, नागढुङगा विकासका अध्यक्ष डम्बरराज सुवेदी लगायत डेंगुसम्बन्धी पर्चा, माइकिङसहित सचेतनामूलक कार्यक्रममा सहभागी भएका थिए । वडा कार्यालयबाट शुरु र्याली सृजनाचोक, बगालेटोल, सिर्द्धार्थचोक, संगममार्ग हुँदै बगालेटोलमा पुगी समापन भएको थियो। कार्यक्रममा वडा सदस्य कृष्णमान ठूसाजुले धन्यवाद ज्ञापन गरेका थिए।
यसैबीच, बुधबार तल्लो सिमलचौर, रत्नचोक, फिर्के लगायत क्षेत्रमा सचेतनामूलक कार्यक्रम गरिने वडा सचिव मीना बराल पौडेलले बताइन्।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०