अपाङ्ग समाजमा मोहन

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५
mohan kumar pardhan_Fotor

लेखनाथ, ११ मंसिर। पोखरा ३२, वडास्तरीय अपाङ्ग समाजको भेलाले मोहनकुमार प्रधान (श्रेष्ठ) को अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।

समाजको उपाध्यक्षमा नवराज अधिकारी, सचिव पार्वती बाग्ले, कोषाध्यक्ष सीता सुयल क्षेत्री र सह-सचिव यामबहादुर गुरुङ छन् ।

यस्तै सदस्य चूडामणि तिवारी, इश्वर ढकाल, कृष्णप्रसाद लामिछाने र हरिकुमार चदारा चयन भए ।

समितिको सल्लाहकारमा वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ सृजनशील अपाङ्ग समाजका उपाध्यक्ष महेशविक्रम राणा, लेखनाथ सिर्जनशील अपाङ्ता समाजको सचिव वृषबहादुर गुरुङ, कार्यकारी सल्लाहकार लोकनाथ भट्टराई र वडासचिव मोतिराज पोख्रेल छन्।

Related News

सम्बन्धित समाचार

hero news full width