लेखनाथ, ११ मंसिर। पोखरा ३२, सतिघाटमा निर्मित शवदाह संस्कार भवनको वडाध्यक्ष अक्कलबहादुर कार्कीले सोमवार उद्घाटन गरेका छन् ।
तल्लो गगनगौंडा परोपकार आमा समूह, लामेआहाल एकता समाज, साविक लेखनाथ नगरपालिका जगेडा कोष, सांसद विकास कोष र विभिन्न संघसंस्थाको सहयोग गरी करिब २८ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष कार्कीले मनुष्यको अन्तिम गन्तव्यस्थल नै दाह संस्कार भवन भएको बताए । उनले वडा कार्यालयबाट भवन र दाह संस्कार व्यवस्थापन तथा संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।
निर्माण समिति अध्यक्ष मनमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी नरबहादुर गुरुङ, विष्णुबहादुर बस्नेत, प्रकाशचन्द्र पागल, अर्जुन मल्ल, टेकनाथ पन्थी, खेमपुन लगायतले दाहसंस्कार भवनको व्यवस्थापन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
भवन निर्माण समिति सदस्य खरीका दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन समिति सचिव पार्वती भण्डारीले गरेकी थिइन्।
कार्यक्रममा भवन निर्माणकर्ता ठेगदार रेशमलाल गौतम सम्मान गरियो।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९