शवदाह संस्कार भवन निर्माण

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५
sab_Fotor

लेखनाथ, ११ मंसिर। पोखरा ३२, सतिघाटमा निर्मित शवदाह संस्कार भवनको वडाध्यक्ष अक्कलबहादुर कार्कीले सोमवार उद्घाटन गरेका छन् ।

तल्लो गगनगौंडा परोपकार आमा समूह, लामेआहाल एकता समाज, साविक लेखनाथ नगरपालिका जगेडा कोष, सांसद विकास कोष र विभिन्न संघसंस्थाको सहयोग गरी करिब २८ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष कार्कीले मनुष्यको अन्तिम गन्तव्यस्थल नै दाह संस्कार भवन भएको बताए । उनले वडा कार्यालयबाट भवन र दाह संस्कार व्यवस्थापन तथा संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

निर्माण समिति अध्यक्ष मनमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी नरबहादुर गुरुङ, विष्णुबहादुर बस्नेत, प्रकाशचन्द्र पागल, अर्जुन मल्ल, टेकनाथ पन्थी, खेमपुन लगायतले दाहसंस्कार भवनको व्यवस्थापन र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

भवन निर्माण समिति सदस्य खरीका दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन समिति सचिव पार्वती भण्डारीले गरेकी थिइन्।

कार्यक्रममा भवन निर्माणकर्ता ठेगदार रेशमलाल गौतम सम्मान गरियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width